‘पत्रकारिता पेशाप्रति उच्च सम्मान छ’

97

‘पत्रकारिता पेशाप्रति उच्च सम्मान छ’

पत्रकारिता स्वतन्त्र र निष्पक्ष पेशा हो र पेशालाई मर्यादित बनाउन सम्बन्धित व्यक्तिको सबैभन्दा ठूलो र महत्वपूर्ण भूमिका रहन्छ । पत्रकारिता पेशालाई मर्यादित बनाउनकाे लागि स्वयम् पत्रकार नै मर्यादित हुनु पर्दछ ।
त्यसमा पत्रकारहरुकाे छाता संस्था पत्रकार महासंघ र विभिन्न संघ संगठनहरुकाे पनि भूमिका रहन्छ ।
पत्रकारितालाई धुमिल बनाउन लोभ, मोह, विचारको भारी मात्रै बोक्नेको भिड भयो भने पत्रकारिता वास्तवमा पत्रकारिता रहँदैन । विभिन्न आस्था र विचारकाे झोला बोकेका, बोकाइएका र भिराइएकाको भिडले पत्रकारिता गरिरहँदा जनताले पत्रकार र पत्रकारितालाई हेर्ने दृष्टिकोणमा नकारात्मक भावनाको विकास भएको छ । अवकाे पत्रकारिता समाज र राष्ट्रकै मार्गदर्शक बन्नु पर्दछ । त्यस्ताे हिम्मत, आँट र शाहस पत्रकार महासंघमा हुनु पर्दछ ।
नेपाली पत्रकारिताको इतिहासमा मैले पनि करिव ८ वर्ष मोफसलमा बसेर कलम चलाएको इतिहास बनाए । फेरि पनि यो पेशामा फर्किने अवस्था आए गर्वका साथ फर्किनेछु । स्मरण रहोस्, मेरो पत्रकारिताको दौरानमा म कहिले पनि फँसिन । मोह, दवाव, प्रभावमा कहिँकतैबाट कहिले पनि प्रभावित भईन । यसमा म आफूप्रति गर्व गरेकाे छु । नभई ८  वर्ष पत्रकारिता गरेको हुँ भन्न मलाई गर्व लाग्छ । पत्रकारिता मार्फत मैले आफ्नो वौद्धिकता प्रस्तुत गर्ने सबैभन्दा सुनौलो अवसर पाएँ । सिक्दै निखारिँदै गरेको पत्रकारिताले नै मलाई आज यो उचाई सम्म ल्याएको हाे। मेरो ८ वर्षे पत्रकारिता यात्राका बारेमा अरुको बुझाइमा के मूल्याङ्कन होला त्यो म खुल्ला किताव हुँ सबैलाई सबै कोणबाट मेरो विश्लेषण गर्ने छुट छ । तर मलाई यो उर्जाशिल समय मेरालागि स्वर्णिम थियो भन्ने लाग्छ । मलाई पत्रकारिता सिकाउने मेरा गुरुहरु तथा साथीहरुलाई सम्मान गर्छु ।
समय परिस्थितिले हाललाई पात्रकारिता भन्दा अन्य पेशा व्यवसायमा छु । त्यसकारण पत्रकार महासंघकाे सदस्यता सुद्धिकरण अभियानलाई साथ दिदै पत्रकारिता पेशाप्रति उच्च सम्मान सहित मैले सदस्यता त्यागको स्व–घोषणा गर्दछु । पत्रकारिता भन्दा बाहिर रहेपनि सबैसंग साथसाथै रहने नै छु । धन्यवाद ।

खिम श्रेष्ठ  
सैनामैना ५