लुम्बिनी केवलकार व्यवसायिक सञ्चालन सुरु

1.3K

लुम्बिनी केवलकार व्यवसायिक सञ्चालन सुरु

आईएमई ग्रुपको नेतृत्वमा बुटवलमा बनेको लुम्बिनी केबलकार व्यवसायिक सञ्चालन सुरु भएको छ । लुम्बिनी केवललकार प्रालिले बुटवलदेखि पाल्पाको तिनाउ गाउँपालिका वडा नं. ३ बसन्तपुर जोड्ने केवलकार सोमबार बिहानदेखि व्यवसायिक सञ्चालनमा आएको हो ।
यो केवलकारको यहि जेठको २५ गते प्रधानमन्त्री पुष्पकमल दाहालले औपचारिक रुपमा उद्घाटन गर्नुहुने लुम्बिनी केवलकार प्रालिका अध्यक्ष चन्द्रपसाद ढकालले जानकारी गराउनु भयो । केबलकारको २०७७ फागुन १ गते तत्कालीन प्रधानमन्त्री केपीशर्मा ओलीले शिलान्यास गर्नुभएको थियो ।
बुटवलको वडा नं ३ बमघाटमा बटम स्टेशन र पाल्पाको तिनाउगाउंपालिका वडा नं ३ बसन्तपुरमा टप स्टेशन रहेको केबलकारले यीदुबै वडाका बासिन्दालाई केबलकार चढ्दा लिइने शुल्कमा २५ प्रतिशत छुट दिने घोषणा समेत गरेको छ । स्थानीय लक्ष्मण गौतम, तेजप्रसाद विश्वकर्मा लगायतले अघि सारेको केबलकार आयोजनामा स्थानीयकै आग्रहमा आईएमई ग्रुप सहभागी भएर शिलान्याश गरेको तीनवर्षभित्रै सञ्चालनमा आउनु महत्वपूर्ण उपलब्धीभएको अध्यक्ष ढकालले बताउनु भयो ।
प्रालिले प्रति टिकट शुल्कको २ प्रतिशत रकम बुटवल उपमहानगरपालिका र तिनाउगाउंपालिकाका लागि छुट्टाएको र उक्त रकम दुबै पालिकाले ५० प्रतिशतका दरले बांडफांड गर्ने छन् ।
केबलकारले दैनिक ६ हजार यात्रुलाई ओसारपसार गर्न सक्ने भएकाले केबलकार सञ्चालनले प्रदेशको राजधानी दाङ सर्दा रुपन्देहीको ब्यापार व्यवसायमा परेको असरलाई पुर्ति गर्ने र रुपन्देही फेरि गुल्जार हुने अध्यक्ष ढकालले बताउनु भयो । बसन्तपुरमा कामाख्या देवीको आकर्षक मन्दिर बनाई नयां धार्मिक र पर्यटकीय गन्तब्य बनेकाले भारतीय पर्यटक आकर्षित हुने छन् ।
नेपालउद्योग वाणिजय महासंघको समेत अध्यक्ष रहनु भएका ढकालले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई सुचारु गर्न भारतसंग हवाई रुटको अनुमति लिन महासंघले प्रधानमन्त्रीलाई दवाव दिएको पनि बताउनु भयो । बटम स्टेसन समुद्री सतहबाट २३० मिटर र टप स्टेसन ९४० मिटरको उचाईमा रहेको छ । केवलकारबाट बटन स्टेशनबाट १० मिनेटको यात्रामै टप स्टेशनमा पुग्न सकिन्छ ।
२.६ किलोमिटर दुरीको लुम्बिनी केबलकारमा संसारकै राम्रो मानिएको अष्ट्रियन प्रविधिको मनोकेवल डिट्याचेबल सिस्टमका २५ वटा गोण्डुला (यात्रु बोक्ने डिब्बा) रहेका आयोजना प्रमुख गोकुल साउदले बताउनु भयो । टप स्टेशन माभारतको गुवाहटीमा रहको कामाख्या देवीको मन्दिरकै शैली र कलामा बसन्तपुरमा कामाख्या मन्दिर बनेको साउदले बताउनु भयो ।
केबलकार आयोजनाको कुललागत ५ अर्ब रुपैयाँ छ । पहिलो चरणमा केबलकारमा डेढ अर्ब लगानी भएको छ । टप स्टेशनमा पर्यटकका लागि भेज र नन भेज छुट्टाछुट्टै रेष्टुरेन्ट बनिसकेका छन् भने बालउद्यान, स्काई जीपलाइन निर्माणको क्रममा छन् । केबलकार सञ्चालनमा आएसंगै टप स्टेशनमा साढे ३ अर्ब लागतमा पांचतारे होटेल, लगायत संरचना निर्माण हुने साउदले बताउनु भयो ।
एक हजार दर कायमगरिएएको टिकट शुल्कमा विद्यार्थीलाई २५ प्रतिशत छुट गरिएको र ८० वर्षमाथिका जेष्ठ नागरिकलाई निःशुल्कगरिएको छ । यस्तै फरक क्षमताभएका नागरिकलाई दुईतर्फी टिकट शुल्क ३७५ मात्र कायम गरिएको छ । उद्घाटनका अवसरमा सीमित अवधिको लागि नेपाली नागरिकलाई दुईतर्फी ७५०, भारतीयलाई भारु ७५० र तेस्रो मुलुकका विदेशीलाई २२ अमेरिकी डलर कायम गरिएको प्रालिले जनाएको छ ।