सल्लाहकार नेपाललाई रोटरीमा सम्मान

22

सल्लाहकार नेपाललाई रोटरीमा सम्मान

रोटरी क्लव अफ तिलोत्तमा रुपन्देहीले क्लवका प्रेस सल्लाहकार कविन्द्र नेपाललाई सम्मान गरेको छ । नेपाल प्रेस युनियन रुपन्देहीको अध्यक्षमा निर्वाचित सल्लाहकार नेपाललाई शनिबार बसेको क्वलको नियमित बैठक तथा पाँचौं क्लव एसेम्ब्लीमा सम्मान गरिएको हो ।
उहाँलाई क्लवका अध्यक्ष विष्णुप्रसाद भण्डारी र एसाइन एजी राजु खरेलले सम्मान गर्नुभयो । क्लव एसेम्ब्लीमा बोल्दै एसाईन एजी खरेलले राम्रो काम गर्नको लागि सदस्य संख्याले कुनै फरक नपर्ने बताउँदै त्यसको उदाहरण रोटरी क्लव अफ तिलोत्तमा रुपन्देहीले प्रस्तुत गरेको भनाई राख्नुभयो ।
त्यस अवसरमा क्लवका अधयक्ष भण्डारी, इन्कमिङ प्रेसिडेन्ट निरज श्रेष्ठ, फस्ट भाइस प्रेसिडेन्ट निरञ्जन पोखरेल, मेम्बरशिप चियर देवीलाल भट्टराई, एड्मिस्ट्रेसन चियर केशवबहादुर कुवर, पब्लिक ईमेज चियर किशोरकुमार बिकले क्लवले यो वर्षमा अहिले सम्म गरेका क्रियाकलापहरुको बारेमा जानकारी गराउनु भएको थियो ।