नेपालमा तराई क्षेत्रको तापक्रम अत्यधिक बृद्धि भएको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार मध्य तराई र आसपासमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस भन्दा बढी मापन भएको छ । जसका कारण तराई क्षेत्रको जनजीवन प्रभावित भएको छ ।
मौषम पुर्वानुमान महाशाखाले शुक्रबार दिउँसो तातो दिन तथा लू सम्बन्धी बुलेटिन जारी गर्दै केही दिन देखि देशका अधिकांश भू–भागहरुको अधिकतम तथा न्यूनतम तापक्रम वृद्धि भइरहेको जनाएको छ । त्यस्तै आगामी केही दिनसम्म तराईका धेरैजसो भू–भागहरूमा अधिकतम र न्यूनतम तापक्रम क्रमिक रुपमा बढ्दै जाने देखिएको महाशाखाले जानकारी गराएको छ ।
पहाडी भू–भागका उपत्यका तथा खोँचहरूमा समेत तापक्रम क्रमिक रुपमा बढ्न सक्ने सम्भावना छ । यसले तराई भू–भागहरूमा केही दीनसम्म तातो हावा तथा लू लाग्न सक्ने सम्भावना रहेको र त्यसबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ ।