लुम्बिनीमा नेपाली काँग्रेसले स्थानीय तहका जनप्रतिनिधीलाई प्रशिक्षण गर्दै

134

लुम्बिनीमा नेपाली काँग्रेसले स्थानीय तहका जनप्रतिनिधीलाई प्रशिक्षण गर्दै

नेपाली काँग्रेस लुम्बिनीले प्रदेशमा पार्टीबाट निर्वाचित जनप्रतिनीधिलाई प्रशिक्षण गर्दैछ । नेपाली काँग्रेस लुम्बिनी प्रदेश, प्रशिक्षण विभागको आयोजनामा पार्टीको तर्फबाट स्थानीय तहमा निर्वाचित भएका जनप्रतिनीधिलाई भोली सोमबार र पर्सी मंगलबार दुई दिनसम्म प्रशिक्षण गर्न लागेको हो ।
दाङको लमहीमा आयोजना गरिएको प्रशिक्षण कार्यक्रमको उद्घाटन पार्टीका महामन्त्री, पूर्वमन्त्री गगनकुमार थापाले गर्नुहुने छ । त्यस्तै सहमहामन्त्री किशोरसिंह राठोर, केन्द्रीय सदस्यहरु डा. मिनेन्द्र रिजाल, पुष्पा भुसाल, विनोद चौधरी, प्रदेश सभापति अमरसिंह पुन, लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी लगायतले सम्बोधन गर्नुहुने छ ।
प्रदेशका १२ वटै जिल्लाका केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्य, प्रदेश समितिका पदाधिकारी, जिल्ला सभापति, संघीय क्षेत्रका सभापति, जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख, पालिका प्रमुख र उपप्रमुख गरी १६० जनालाई सोमबार र मंगलवार दुई दिनसम्म अभिमूखिकरण कार्यक्रम गर्न लागिएको नेपाली काँग्रेस लुम्बिनी प्रदेशका सभापति अमर सिंह पुनले जानकारी गराउनु भयो । नेपाली काँग्रेस लुम्बिनीले आयोजना गरेको अभिमूखिकरणले स्थानीयतहका जनप्रतिनिधी र पार्टी बीचको समन्वय साथै जनमुखि नीति तथा कार्यक्रम र बजेट निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने लक्ष्यका साथ कार्यक्रम आयोजना गरिएको नेपाली काँग्रेस लुम्बिनी प्रदेशका उपसभापति तथा प्रशिक्षण विभागका प्रमुख भुवनप्रसाद श्रेष्ठले बताउनु भयो ।