नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको नीति महाधिवेशन भदौको अन्तिम साता हुने जानकारी गराउनु भएको छ । नेपाली काँग्रेसबाट निर्वाचित स्थानीय तहका जनप्रतिनीधिलाई प्रशिक्षण गर्न लुम्बिनी प्रदेश राजधानी दाङमा आयोजना गरिएको कार्यक्रममा बोल्दै महामन्त्री थापाले पार्टीको नीति महाधिवेशन भदौको अन्तिममा गर्न लागिएको जानकारी गराउनु भएको हो ।
महाधिवेशन सकिएको ६ महिनामा नीति महाधिवेशन गर्ने भनिएपनि अहिलेसम्म गर्न नसकिएको बताउँदै अव भदौमा हुने बताउनु भएको हो । पार्टीको नीति महाधिवेशन भन्दा अगाडि नै भातृसंस्थाहरुले पूर्णता पाउने, विभाग गठन लगायतका काम सकिईसक्ने बताउनु भयो ।
नेपाली काँग्रेस लुम्बिनी प्रदेश प्रशिक्षण विभागले नेपाली काँग्रेसबाट निर्वाचित भएका स्थानीय तहका जनप्रतिनीधिको लागि प्रदेश राजधानी दाङको लमहीमा दुई दिने प्रशिक्षण कार्यक्रम राखेको छ ।