देवदहमा मिडिया फेष्टिवल सुरु : सुशासनमा सभामुख घर्तीकाे जाेड

1.3K

देवदहमा मिडिया फेष्टिवल सुरु : सुशासनमा सभामुख घर्तीकाे जाेड

रूपन्देहीको देवदहमा देवदह मिडिया फेष्टिवल सुरु भएको छ । देवदह प्रेस क्लबले आयाेजना गरेकाे फेष्टिवलकाे बुधबार लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले उद्घाटन गर्नुभयाे ।
फेष्टिवलकाे उद्घाटन गर्दै सभामुख घर्तीले मुलुकमा सुशासन कायम गर्नु अहिलेकाे आवश्यकता भएको बताउनु भयाे ।  उहाँले राजनीतिक दलका नेता र प्रशासकमा ब्याप्त अहंकार र दम्भका कारण सुशासनमा समस्या देखिएको बताउदै त्यसलाई चिर्ने काममा पत्रकारकाे पनि भुमिका हुने भनाई राख्नुभयाे ।
पद, प्रतिष्ठा र पैसाको लाेभले समाज अराजकतातर्फ उन्मुख भएको भन्दै उहाँलेे समाजलाई सहि ट्रयाकमा ल्याउन पत्रकारहरूले कलम चलाउनुपर्ने औंल्याउनु भयाे ।
क्लवका अध्यक्ष विष्णुप्रसाद पाेखरेलकाे अध्यक्षतामा भएकाे कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य खड्गबहादुर खत्री, देवदह नगरपालिकाका नगर प्रमुख ध्रुवप्रसाद खरेल, लुम्बिनी बिकास काेषका काेषाध्यक्ष सिद्धिचरण भट्टराई, नेपाल पत्रकार महासंघ रुपन्लेहीका अध्यक्ष रामराज पा्ख्रेल, प्रेस युनियन रुपन्देहीका अध्यक्ष कविन्द्र नेपाल, प्रेस चाैतारीका अध्यक्ष लक्ष्मण पाैडेल, प्रेस सेन्टरका रुद्रहरी कुवर लगायतले शुभकामना व्यक्त गर्नु भएकाे थियाे ।
त्यसै अवसरमा देवदह क्षेत्रका पुराना पत्रकारलाई सम्मान गरिएकाे थियाे । फेष्टिवल तीनदिनसम्म चल्ने छ । पहिलाे दिन बुधबार नेपाली पत्रकारिता: अभ्यास र अबको बाटो, देपदहमा मिडिया र मिडियामा देवदह दुईवटा विषयमा प्यानल डिस्कसन गरिएकाे छ ।
त्यस्तै भाेली र पर्सी ऐतिहासिक काेलीय राज्य र लुम्बिनी क्षेत्रकाे विकास, देवदहकाे पर्यटन विकासमा सामुदायिक बन र सहकारी, रैथाने खाना र मकै सभ्यता, देवदहमा शिक्षाकाे वर्तमान अवस्था तथा स्थानीय तहमा न्याय सम्पादन र चुनाैतीकाे विषयमा प्यानल डिस्कसन गरी ठाेस निष्कर्ष निकालिने देवदह प्रेस क्लवकी उपाध्यक्ष तथा फेस्टिवलकी सहसंयाेजक कमला अर्यालले जानकारी गराउनु भयाे ।