नेपालकाे तराई क्षेत्रकाे तापक्रम अझै बढ्न सक्ने पुर्वानुमान सहित ताताे हावा र लुबाट बँच्न अनुराेध गरिएकाे छ । जल तथा माैषम पुर्वानुमान महाशाखाले बुधबार विशेष बुलेटिन जारी गर्दै विगत केही दिन देखि देशका अधिकांश भू-भागहरूको अधिकतम तथा न्यूनतम तापक्रम वृद्धि भइरहेको र याे अझै बढ्न सक्ने पुर्वानुमान गरेकाे हाे ।
विशेषगरी तराई भू-भागमा अधिकतम तापक्रम चालीस डिग्री सेल्सियस भन्दा बढी मापन भएको छ । तराईका धेरैजसो भू-भागहरूमा अधिकतम र न्यूनतम तापक्रम क्रमिक रुपमा बढ्ने देखिएकाे उल्लेख गरिएकाे छ ।
त्यसैगरी वायुमण्डलको अध्ययन र विश्लेषण अनुसार नेपालमा यस वर्षको मनसुनको आगमन हुन अझै केही दिन लाग्ने र देशका तराई भू-भागहरूमा आगामी पाँच दिन सम्म तातो हावा तथा लू को सम्भावना रहिरहेकाे बताउदै त्यसबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेकाे छ ।