प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार निजी क्षेत्रकाे साथमा रहेकाे बताउनु भएकाे छ । उहाँले सरकारले निजी क्षेत्रसंग साथसाथै अगाडि बढ्ने नीति लिएकाे पनि बताउनु भयाे ।
बुटवलदेखि पाल्पाकाे बसन्तपुर जाेड्ने लुम्बिनी केवलकारकाे बिहिबार उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले निजी क्षेत्रले उठाएका कुराहरुलाई बजेटमा पनि समेट्ने प्रयास गरिएकाे दावी गर्नुभयाे । संकटग्रस्थ अवस्थामा रहेकाे आर्थिक गतिबिधिलाई चलायमान गराउनकै लागि राेकिएकाे घरजग्गा काराेवारलाई सुचारु गर्ने निर्णय गरिएकाे उहाँले बताउनु भयाे ।
प्रधानमन्त्री दाहालले लगानीका सम्भावनाहरुलाई खुल्ला राखिएकाे बताउदै पछिल्लाे भारत भ्रमणमा भएका दुई देश बिचकाे समझदारीले थप लगानी भित्रिने विश्वास व्यक्त गर्नुभयाे । अब छिटै भैरहवा र पाेखराबाट अन्तर्राष्ट्रिय उठान हुने र त्यसबाट पनि लाभ लिन सकिने उहाँकाे भनाई छ ।
प्रधानमन्त्री दाहालले केवलकार सञ्चालनले यस क्षेत्रकाे आर्थिक क्रियाकलाप थप चलायमान हुने र राष्ट्रिय अर्थतन्त्रमा समेत याेदान पुग्ने विश्वास व्यक्त गर्नुभयाे ।

केवलकार सञ्चालक समितिका अध्यक्ष चन्द्रप्रसाद ढकालले अहिले मुलुककाे अर्थतन्त्र संकटग्रस्त अवस्थामा रहेकाे बताउदै देशकाे समृद्ध हासिल गर्ने कुरालाई यस्ता संरचननले सहयाेग गर्ने बताउनु भयाे ।
उहाँले संघ, प्रदेश र स्थानीय सरकारलाई सहयाेग गर्न पनि आग्रह गर्नुभयाे । केवलकारकाे टप स्टेशनमा निर्माण गरिएका भारतकाे गुवाहटीमा रहेकाे कामाक्षादेवीकाे मन्दिरले नेपाली सहित सिमावर्ती भारतीय पर्यटकलाई आकर्षित गर्ने बताउँदै उहाँले मन्दीरमा जम्मा भएकाे भेटी छुट्टै खातामा सञ्चालन हुने र त्यसलाई सामाजिक उत्तरदायित्वमा खर्चिने जानकारी गराउनु भयाे ।
उहाँले नेपालमा विदेशी पर्यटककाे बसाई लम्यव्यउनकाे लागि पर्यटकीय स्थलकाे पहुँच सहज बनाउन र उनीहरुले खर्चगर्ने दरकाे दायरा बडाउनकाे लागि पनि सरकारकाे ध्यानाकर्षण गराउनु भयाे । उहाँका अनुसार अहिले विदेशी पर्यटक सरदर १२ दिन नेपालमा अडिन्छन् भने उनीहरुले दिनमा ४४ डलर खर्च गर्ने र त्यसलाई सय डलर पुर्याउनु पर्छ ।