सिमानाकामा कडाई : सामान ल्याउँदा जाँचपास नगराए चोरी पैठारी कसुर

1.3K

सिमानाकामा कडाई : सामान ल्याउँदा जाँचपास नगराए चोरी पैठारी कसुर

भैरहवा भन्सार कार्यालय रुपन्देहीले सिमानाकामा कडाई गरेकाे छ । भारतबाट स्थलमार्ग हुदै नेपाल आउने यात्रुलाई आफुले ल्याएकाे मालसामानकाे जाँचपास गराएर मात्रै लैजान भैरहवा भन्सार कार्यालय रुपन्देहीले आग्रह गरेकाे हाे ।
भैरहवा भन्सार कार्यालयले सूचना जारी गरी एक सय रुपैयाँ भन्दा बढी मुल्यकाे मालसामान ल्याउने यात्रुलाई यात्रु शाखामा अनिवार्य घाेषणा गर्न र जाँचपास गराएर लैजान आग्रह गरेकाे हाे ।
आफुले ल्याएकाे मालसामानकाे जाँचपास नगराई लगेमा भन्सार ऐन, २०६४ बमोजिम चोरी पैठारी कसुरमा कारवाही हुने चेतावनी दिईएकाे छ ।