सियारीको नीति कार्यक्रम : कृषि र पर्यटनलाई मुख्य प्राथमिकता

15

सियारीको नीति कार्यक्रम : कृषि र पर्यटनलाई मुख्य प्राथमिकता

रुपन्देहीको सियारी गाउँपालिकाले कृषि र पर्यटनलाई प्राथमिकतामा राख्दै आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । शनिबार सियारी गाउँपालिकाको १३ औं गाउँसभामा गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले नीति तथा कार्यक्रम पेश गर्नु भएको हो ।
१६४ बुँदामा प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा आर्थिक, सामाजिक रूपान्तरणका माध्यमबाट विद्यमान बहुआयमिक गरीबी, असमानता तथा बेरोजगारीको अन्त्य गर्दै ‘कृषि, पर्यटन र दिगो पूर्वाधारयुक्त नगरी ः समावेशी, मर्यादित, स्वच्छ र समृद्ध सियारी’ निर्माण गर्ने दीर्घकालिन सोच उल्लेख गरिएको छ ।
कृषिलाई आर्थिक समृद्धिको मेरूदण्ड मान्दै ‘व्यवसायिक कृषि पेशा अबलम्वन गरौं, आत्मनिर्भर बनौं” भन्ने उद्देश्यका साथ कृषिलाई आधुनिकीकरण, व्यवसायीकरण तथा बजारीकरण गर्न अभिप्रेरित गरिने गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरेले बताउनु भयो ।
अध्यक्ष घिमिरेले सियारीले दुध उत्पादन, माछा तथा मकै खेतिमा शुरु गरिएको उत्पादनमा आधारित अनुदान कार्यक्रमलाई निरन्तरता दिँदै थप कृषि तथा पशुजन्य उत्पादनमा कार्यक्रमलाई बिस्तार गरिने बताउनु भयो । उहाँले आर्थिक बर्ष २०८०÷०८१ मा गाउँपालिकालाई खाद्यान्न, दुध, माछामासु, बेसार, खुर्सानी र लसुनमा आत्मनिर्भर हुने गरी कार्यक्रम सञ्चालन गरिने जानकारी गराउनु भयो ।
कृषि पर्यटनको गन्तव्य स्थलको रुपमा सियारीलाई विकास गरिने र नदी तथा वनक्षेत्र, धार्मिक क्षेत्र, पार्क निर्माणको माध्यमबाट पर्यटन विकास गरी आयआर्जन र रोजगारीको श्रृजना गरिने अध्यक्ष घिमिरेले बताउनु भयो । त्यस्तै मत्स्य जोनलाई प्रभावकारी परिचालन र छपियाको माछाको ब्यापक प्रचार र सु–व्यवस्थामार्फत मत्स्य पर्यटन प्रवद्र्धन गरिने उहाँले बताउनु भयो ।
गाउँपालिकाभित्र छाडा चौपायको व्यवस्थापन गरी कृषकहरुको खेतीपातीको सुरक्षा गर्न सञ्चालनमा ल्याइएको रामजानकी गौशालालाई प्रभावकारी रुपमा सञ्चालन गर्न आवश्यक श्रोतसाधन व्यवस्थापनका लागि सहजीकरण गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । सियारी गौरवको एक मात्र योजना सियारी पर्यटन कोरिडोरलाई अन्तर सरकार समन्वय तथा सहकार्य मार्फत कार्यान्वयनमा लगिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

नीति कार्यक्रमको पुर्णपाठ :

“कृषि, पर्यटन र दिगो पूर्वाधारयुक्त नगरी स् समावेशी, मर्यादित, स्वच्छ र समृद्ध सियारी”

सियारी गाउँपालिका रूपन्देहीको
आर्थिक वर्ष २० ८० र०८१ को बार्षिक नीति तथा कार्यक्रम

सियारी गाउँपालिकाका उपाध्यक्षज्यू, सभाका सदस्य ज्यूहरु, गाउँसभाका सचिव लगायत राष्ट्रसेवक कर्मचारीहरू, शिक्षकहरू, पत्रकारहरू, सुरक्षाकर्मीहरु तथा सम्पुर्ण उपस्थित महानुभावहरुलाई सियारी गाउँपालिकाको तेह्रौं गाउँ सभामा हार्दिक स्वागत गर्दछु ।
सियारी गाउँपालिकाको गरिमामय गाउँसभामा गाउँपालिका अध्यक्षको हैसियतले आर्थिक वर्ष २०८०र८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्न पाउँदा गौरवान्वित भएको छु ।
संघीय शासन प्रणालीको स्थापनाका लागि पटक(पटक भएका जनआन्दोलन र संघर्षहरुमा शहादत प्राप्त गर्ने सम्पूर्ण ज्ञात(अज्ञात शहिदहरुप्रति उच्च सम्मानका साथ भावपूर्ण श्रदाञ्जली अर्पण गर्दछु । उहाँहरुको परिवार तथा आफन्तजनहरुप्रति गहिरो समवेदना प्रकट गर्दछु ।
सम्वत २०७९ बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट निर्वाचित भई कार्यभार सम्हालेको एक बर्ष पुरा भएको छ । यस अवधिमा गाउँपालिकाको विकास, सेवा प्रवाह र सुशासनको क्षेत्रमा उल्लेख्य रुपमा सुधार भएको मैले महशुस गरेको छु । यस अवधिमा सहयोग पुर्‍याउनुहुने उपाध्यक्षज्यू, सभाका सदस्य ज्यूहरु, प्रमुख प्रशासकीय अधिकृत लगायत राष्ट्रसेवक कर्मचारीहरू, शिक्षकहरू, पत्रकारहरू, सुरक्षाकर्मीहरु तथा सम्पुर्ण उपस्थित महानुभावहरुलाई विशेष आभार प्रकट गर्दछु ।

नेपालको संविधान, २०७२ ले स्थानीय तहलाई प्रदान गरेका एकल तथा साझा अधिकारको पुर्ण उपयोग तथा समन्वय, सहकार्य र सह(अस्तित्वको सवैंधानिक मर्म अनुसार प्रदेश तथा संघीय सरकारसँगको सहकार्यलाई प्रर्बद्धन गर्दै समावेशी मर्यादित स्वच्छ र समृद्ध गाउँपालिका निर्माण गर्न हामी निर्वाचित जनप्रतिनिधिहरु सधै प्रतिबद्ध रहेको र रहिरहने विश्वास सम्पूर्ण सियारी वासीलाई दिलाउन चाहन्छौं ।
आर्थिक, सामाजिक रूपान्तरणका माध्यमबाट विद्यमान बहु आयमिक गरिवी, असमानता तथा बेरोजगारीको अन्त्य गर्दै “कृषि, पर्यटन र दिगो पूर्वाधारयुक्त नगरी स् समावेशी, मर्यादित, स्वच्छ र समृद्ध सियारी” निर्माण गर्ने दीर्घकालिन सोचसहित आ।व २०८०र०८१ को गाउँपालिकाको नीति तथा कार्यक्रम यस गरिमामय सभामा प्रस्तुत गर्न चाहन्छु ।

१। कृषिलाई आर्थिक समृद्धिको मेरूदण्ड मान्दै “व्यवसायिक कृषि पेशा अबलम्वन गरौं,आत्मनिर्भर बनौं” भन्ने उद्देश्यका साथ कृषिलाई आधुनिकीकरण, व्यवसायीकरण तथा बजारीकरण गर्न अभिप्रेरित गरिनेछ ।
२। दुध उत्पादन,माछा तथा मकै खेतिमा शुरु गरिएको उत्पादनमा आधारित अनुदान कार्यक्रमलाई निरन्तरता दिँदै थप कृषि तथा पशुजन्य उत्पादनमा कार्यक्रमलाई बिस्तार गरिनेछ । आ।व। २०८०र०८१ मा गाउँपालिकालाई खाद्यान्न, दुध, माछामासु, बेसार, खुर्सानी र लसुनमा आत्मनिर्भर हुने गरी कार्यक्रम सञ्चालन गरिनेछ ।
३। कृषि पेशालाई सम्मानित र व्यवसायिक बनाई कृषिमा आश्रित जनताको जीवनस्तर सुधार गर्न तथा युवा जनशक्तिलाई कृषिमा आकर्षित गर्न कृषकहरुको तथ्याङ्क संकलन गरी निश्चित मापदण्डको आधारमा कृषकको वर्गीकरण गरी कृषक परिचयपत्र वितरण गर्ने कार्यलाई पूर्णता दिइनेछ साथै किसानहरुले प्राप्त गर्ने मल, अनुदान, बिउबिजन, सिचाई सुविधा लगायतका सम्पूर्ण सेवा सुबिधाहरु किसान कार्डको आधारमा वितरण गरिने व्यवस्था गरिनेछ
४। संघीय सरकारको सहयोगमा आ।व। २०७९र८० मा सञ्चालित मकैको साना व्यवसायीक कृषि उत्पादन केन्द्र ९पकेट० विकास कार्यक्रमलाई आ।व। २०८०र८१ मा निरन्तरता दिईनेछ ।
५। आधुनिक कृषि व्यवसायबाट मात्र उत्पादन बढ्ने, रोजगारीको सृजना हुने हुँदा उत्पादनलाई बढावा दिदैं बजारीकरण गर्ने, जसका लागि हाटबजारहरुको संरचनात्मक सुधार, विकास र ‍बिस्तार गरिनेछ ।
६। दुध तथा मासुजन्य उत्पादन वृद्धीका लागि गाई ,भैसी र बाख्रामा निःशुल्क कृत्रिम गर्भाधान कार्यक्रम मार्फत नश्ल सुधार कार्यक्रमलाई प्रभावकारी बनाइनेछ ।
७। वडा नं।२ च्याङ्गठामा सचालन भइरहेको पशु हाटबजारलाई व्यवस्थित रुपमा सञ्चालन गरी प्रदेशस्तरीय गाई भैंसीको हाटबजारका साथै पशु प्रदर्शनी स्थलका रुपमा समेत विकास गरिनेछ ।
८। आ व २०७९।०८० मा सचालन भएको फलफुल खेति कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
९। कृषकहरुले पालन गरेका पशुहरुमा पुर्ण खोपको सुनिश्चितता गरिनेछ ।
१०। कृषी उत्पादन वृद्धीका लागि कृषकहरुलाई उन्नत बिउ उपयोगमा प्रोत्साहन गरिनेछ । धान,गहुँ लगायतका खाद्यान्न बालीको उन्नत बीउ उपयोगमा अनुदान प्रदान गरिनेछ भने उन्नत बिउ बितरकलाई प्रोत्साहन अनुदान समेत प्रदान गरिनेछ ।
११। सम्भाव्य उत्पादन र उत्पादकत्व वृद्धीका लागि कृषकको गोठ तथा खेतमा प्राविधिकको उपस्थितिको सुनिश्चितता गरिनेछ ।
१२। आ।व।२०८०र०८१ मा आलु प्रवर्द्धन तथा धानबाली प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिनेछ ।
१३। भै।लु।भू।ज।अन्तर्गत सञ्चालनमा रहेका पम्पबाट सिचाई सुबिधा लिने कृषकहरुलाई विद्युत महशुलमा अनुदान उपलब्ध गराउने नीतिलाई निरन्तरता दिइनेछ ।
१४। वडा नं।२,३ र ४ को अधिकांश कृषि योग्य भूमी सिञ्चित गर्ने उद्धेश्यका साथ तिनाउ तथा दानव नदीमा लिफ्ट सिचाई आयोजना सञ्चालन गरिनेछ ।
१५। जीर्ण अवस्थामा रहेका डिप वोरिङ्ग तथा नहरहरु मर्मत गरी संचालन गरिनेछ । साथै भै।लु।भू।ज।बाट सिञ्चित हुने क्षेत्र बाहेकका कृषकहरुलाई सिँचाई सुविधा उपलब्ध गराउन साना सिँचाई कार्यक्रम सञ्चालन गरिनेछ ।
१६। स्थानीय लोक सँस्कृतिको जगेर्ना गर्दै आन्तरिक पर्यटनलाई आकर्षण गर्ने नीति अवलम्वन गरिनेछ ।
१७। कृषि पर्यटनको गन्तब्य स्थलको रुपमा सियारीलाई विकास गरिने छ । नदी तथा वनक्षेत्र, धार्मिक क्षेत्र, पार्क निर्माणको माध्यमबाट पर्यटन विकास गरी आयआर्जन र रोजगारीको श्रृजना गरिनेछ ।
१८। मत्स्य जोनलाई प्रभावकारी परिचालन र छपियाको माछाको ब्यापक प्रचार र सु(ब्यवस्था मार्फत मत्स्य पर्यटन प्रवर्द्धन गरिनेछ ।
१९। यस गाउँपालिका भित्रका भूमिहीनदलित,भूमिहीन सुकुम्बासी, अव्यवस्थित वसोवासीहरुलाई लालपूर्जा बितरण गर्ने कार्यलाई भूमी आयोगको सहकार्यमा तत्काल अगाडी बढाइनेछ । घरवास ९गाउँ ब्लक० जग्गाको जग्गा धनी प्रमाण पुर्जा वितरण गर्ने कार्यलाई सम्पन्न गरिनेछ ।
२०। गाउँपालिका भित्र रहेका सहकारी संस्थाहरुको अनुगमन,नियमन र सञ्चालनमा प्रभावकारीता ल्याइनेछ । कृषि सहकारी मार्फत उन्नत बिउ बिजनको उत्पादन, प्रबर्द्धन र वितरणमा प्रोत्साहन गरिनेछ ।
२१। गरिवी न्यूनीकरणका लागि विभिन्न आयमुलक तालिम तथा स्वरोजगार प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिनेछ ।
२२। स्थानीय कच्चा पदार्थमा आधारित लघु तथा घरेलु उद्यमहरुको प्रवर्द्धन गर्न सीपमूलक तालिमको व्यवस्था गरी प्रविधि हस्तान्तरणको समेत व्यवस्था गरिनेछ ।
२३। यस गाउँपालिका क्षेत्रमा उद्योग, व्यवसाय र व्यापार सञ्चालनमा गाउँपालिकाले सहयोगी र समन्वयकारी भूमिका निभाउनेछ ।
२४। स्थानीय तहमा सञ्चालन हुने उद्योगहरूमा निश्चित प्रतिशत स्थानीय नागरिकहरुलाई रोजगारी दिनुपर्ने व्यवस्थाको लागि उद्योगीहरुसँग समन्वयकारी भूमिका निर्वाह गरिनेछ ।
२५। प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत रोजगार सेवा केन्द्रमा सुचिकृत बेरोजगारहरुलाई रोजगारीको अवसर प्रदान गरिनेछ र सूचीकृत बेरोजगार व्यक्तिका लागि क्षमता विकास तालिम सञ्चालन गरिनेछ
२६। सूचिकृत रोजगारीको खोजीमा रहेका बेरोजगार जनशक्तिलाई स्थानीय तहभित्र उपलब्ध हुने निर्माण सेवा, व्यवसाय, उद्योग र कृषि लगायतका क्षेत्रका रोजगारदातासँग समन्वय गरी रोजगार विनिमय सेवा प्रदान गरिनेछ ।
२७। अनौपचारिक क्षेत्रको रोजगारीलाई क्रमशः औपचारिक क्षेत्रमा रुपान्तरण गरिनेछ ।
२८। रोजगार सेवा केन्द्रबाट एकीकृत रोजगार सेवा प्रदान गर्ने नीति ल्याइनेछ ।
२९। रोजगार संवाद मञ्च गठन तथा संचालन गरी रोजगार प्रवर्द्धन गर्ने नीति ल्याइनेछ ।
३०। सियारी गाउँपालिकाको रोजगार रणनीति,९२०८०र०८१(२०८४र८५० निर्माण गरी यसै आ।व।मा कार्यान्वयनमा ल्याइनेछ ।
३१। गाउँपालिका भित्रका विकास निर्माणका योजनाहरुमा सूचिकृत बेरोजगारहरुलाई परिचालन गरी सञ्चालन गर्ने व्यवस्था मिलाइनेछ ।
३२। “गुणस्तरीय शिक्षा, सियारीको प्रतिबद्धताू भन्ने नीतिलाई अवलम्वन गरिनेछ ।
३३। सूचना प्रविधिमा आधारित अध्यापन प्रणालीको विकास गर्ने नीति लिइनेछ ।
३४। विद्यार्थी संख्याका आधारमा गाउँपालिकाको आन्तरिक तर्फको दरबन्दी विवरणलाई पूनरावलोकन गरी शिक्षक विद्यार्थी अनुपात मिलान गरिनेछ ।
३५। स्थायी प्रधानाध्यापक नियुक्तिको प्रकृयालाई अगाडी बढाइनेछ । शैक्षिक उपलब्धी तथा नतिजा सुधारका लागि विद्यालय व्यवस्थापन समिति र प्र।अ।हरुलाई जिम्मेवार बनाइनेछ प्रत्येक विद्यालयका प्र।अ। हरुसँग कार्यसम्पादन करार गरिनेछ ।
३६। निर्धारित सिकाइ सक्षमता हाँसिल गरेका बालबालिकाहरुलाई मात्र माथिल्लो कक्षामा भर्ना गर्ने नीति अवलम्वन गरिनेछ ।
३७। हरेक विद्यालयहरुमा हरियाली प्रवर्द्धन तथा बाल उद्यान निर्माण कार्यलाई प्राथमिकता दिइनेछ ।
३८। शिक्षकहरुको पेशागत विकास तथा शैक्षिक गुणस्तर अभिवृद्धीका लागि शिक्षकहरुको अध्ययन अवलोकन भ्रमणको व्यवस्था गरिनेछ ।
३९। वालविकास शिक्षक, विद्यालय कर्मचारी तथा बालबिकास केन्द्रका आयाहरुलाई दिदै आएको प्रोत्साहन अनुदानलाई निरन्तरता दिइनेछ ।
४०। सियारी गाउँपालिकाको स्थानीय कला, साहित्य, संस्कृति, रहनसहन तथा धार्मिक तथा ऐतिहाँसिक विषयवस्तु समाविष्ट पाठ्यक्रम “हाम्रो सियारी” आधारभूत तह ९कक्षा १(८० सम्म लागु गरिनेछ ।
४१। सियारी गाउँपालिकाको गौरवकोरुपमा रहेको एकमात्र उच्च शिक्षा प्रदान गर्दै आएको श्री लिलाधर घिमिरे छपिया जनता कलेज सञ्चालनका लागि गाउँपालिकाबाट आवश्यक सहयोग गर्ने नीति लिइनेछ ।
४२। छात्राहरुलाई निशुल्क स्यानेटरी प्याड तथा विद्यालयमा भेण्डिङ्ग तथा डिस्पोजल मेशिनहरुको व्यवस्थापन गर्दै लगिनेछ ।
४३। राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम तथा मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम मार्फत शैक्षिक पूर्वाधार विकासमा जोड दिइनेछ ।
४४। अन्तर सरकार समन्वय तथा सहकार्यमा प्राविधिक धारको शिक्षालाई विकास र विस्तार गरिनेछ ।
४५। फरक शारीरिक क्षमता भएका विद्यार्थीका लागि विशेष शिक्षा स्रोत कक्षाको स्तरोन्नतीमा जोड दिइने नीति लिइनेछ ।
४६। शैक्षिक क्रियाकलापहरु सञ्चालनमा संस्थागत विद्यालयहरुसँग सहकार्य गरिनेछ ।
४७। बालविकास देखि कक्षा ६ सम्मका बालबालिकालाई पोषणयुक्त दिवा खाजाको व्यवस्थापन गरिनेछ । दिवा खाजामा र विद्यालय क्षेत्रमा जङ्क फुड निषेध गरिनेछ ।
४८। नेपाल सरकारको नीति अनुसार अत्यावश्क र आवश्यकीय स्वास्थ्य सेवाको पहुँच एवं गुणस्तरीय सेवा प्रवाहका लागि स्वास्थ्य सेवा पूर्वाधार विकास र नेपाल सरकारले स्वास्थ्य संस्थाहरुमा निःशुल्क ‍ उपलब्ध गराउन तोकिएका औषधीहरुको भरपर्दो आपूर्तीको व्यवस्था मिलाइनेछ । औषधी, औषधीजन्य सामग्री र उपकरण तथा स्वास्थ्य सुरक्षा सामग्रीहरुको खरिद प्रक्रियालाई प्रभावकारी व्यवस्थित र गुणस्तरीय बनाईनेछ । गरिबीको रेखामूनी रहेका दलित असाहाय लगायतका नागरिकलाई निशुल्क स्वास्थ्य बीमाको व्यवस्था गरिनेछ ।
४९। सियारी गाउँपालिकाको वडा नं।४ छपियामा निर्माणाधीन १५ शैयाको अस्पताल निर्धारित समयमै निर्माण सम्पन्न गर्नका लागि आवश्य्क बजेट व्यवस्थापनको लागि नेपाल सरकारसँग विशेष आग्रह गरिनेछ ।
५०। गाउँपालिकाद्वारा सञ्चालित एम्बुलेन्स सेवालाई प्रभावकारी बनाइनेछ । गर्भवती महिला, असाध्य रोग लागेका विरामी, ७० बर्ष माथिका ज्येष्ठ नागरिक, अति अशक्त “क” र “ख” वर्गको परिचय पत्र भएका अपाङ्ग लगायतलाई रुपन्देही जिल्ला भित्र निशुल्क र अन्य विरामीहरुलाई न्यूनतम शुल्कमा प्रदान गरिरहेको एम्बुलेन्स सेवालाई निरन्तरता दिइनेछ ।
५१। खोप, सुरक्षित मातृत्व, प्रजनन स्वास्थ्य, पोषण जस्ता जनस्वास्थ्यसँग सम्बन्धित आधारभूत सेवा सुविधालाई प्रभावकारी बनाउन महिला स्वास्थ्य स्वयंसेविकालाई उत्प्रेरित गरी उचितरुपमा परिचालन गरिनेछ । साथै परिवार नियोजन कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गर्न लक्षित वर्गलाई सुसुचित गरिनेछ ।
५२। आमा र शिशुको स्वास्थ्यलाई ध्यान राखि बर्थिङ्ग सेन्टर तथा अस्पतालमा सुरक्षित सुत्केरी गराउन प्रोत्साहन गरीनेछ । बर्थिङ्ग सेन्टर तथा अस्पतालमा प्रसूति गराइएका सियारी गाउँपालिका भित्र स्थायी बसोबास भएका सुत्केरी महिलाहरुलाई प्रदान गरिदै आएको उपाध्यक्ष सुत्केरी पोषण प्रोत्साहन कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
५३। जग्गा ब्यवस्थापन भएका स्थानहरुमा खोप केन्द्र भवनहरुको निर्माण गर्दै लगिनेछ ।
५४। संघीय र प्रदेश सरकारसागको समन्वयमा महिलाहरुको पाठेघरको मुखको क्यान्सर परीक्षणलाई सहज र सरल बनाइनेछ ।
५५। बहुक्षेत्रीय पोषण कार्यक्रमलाई प्रभावकारीरुपमा कार्यान्वयन गरिनेछ ।
५६। ७० बर्ष माथिका ज्येष्ठ नागरिक, अति अशक्त “क” र “ख” वर्गको परिचय पत्र भएका नागरिकहरुलाई प्रदान गर्दै आएको घरदैलो उपचार कार्यक्रम लाई प्रभावकारीरुपमा सञ्चालन गरिनेछ ।
५७। सियारी गाउँपालिका भित्रका नागरिकहरुलाई ब्लड आवश्यक परेमा सरल र सहज तरिकाले निःशुल्करुपमा ब्लड(बैंकबाट उपलब्ध गराउने कार्यलाई निरन्तरता दिइनेछ ।
५८। नागरिक आरोग्य केन्द्रलाई प्रभावकारी रुपमा सञ्चालन गरी आयुर्वेद पद्धती र योग अभ्यासको माध्यमबाट शारिरिक तथा मानसिक स्वास्थ्य सुधारका लागि कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
५९। प्रत्येक स्वास्थ्य चौकीमा आवश्यक स्वास्थ्य उपकरण तथा सामग्रीको व्यवस्थापन गरिदैं लगिने नीति अवलम्वन गरिनेछ ।
६०। सिकलसेल एनेमिया रोगका विरामिहरुलाई निशुल्क उपचार गरिने छ साथै सुगर र ब्लड प्रेसरको औषधि निःशुल्क वितरणको व्यवस्था गरिनेछ ।
६१। प्रयोगशाला तथा वर्थिङ्ग सेन्टरको सेवालाई थप व्यवस्थित र भरपर्दो वनाइनेछ ।
६२। नेपाल सरकारको सहयोगमा क्यान्सर, मृगौला तथा मेरुदण्ड रोगबाट पीडित स्थानीय नागरिकलाई मासिक स्वास्थ्य उपचार भत्ताको व्यवस्था गरिनेछ ।
६३। सियारी गाउँपालिकालाई पूर्ण संस्थागत सुत्केरी पालिका घोषणा गरिनेछ ।
६४। क्षयरोग र कुष्ठरोग जस्ता रोगहरुलाई नियन्त्रण गर्ने कार्यक्रम सक्रियताका साथ लागु गरिनेछ ।
६५। सियारी गाउँपालिका भित्र रहेका पूर्ण अपांगता क र ख र कुष्ठरोग, हात्तीपाइले, एच।आई।भीरएड्स, सिकलसेल एनेमिया रोग प्रभावित व्यक्तिहरुलाई संस्थागत साझेदारीमा आर्थिक उपार्जनका कार्यक्रम सञ्चालन गर्ने नीति लिइनेछ ।
६६। फिजियो थेरापी सेवा सञ्चालनमा ल्याई अशक्त, दीर्घरोगी एवं अपांगलाई स्थानीय स्तरबाटै सेवा प्रवाहको व्यवस्था मिलाइनेछ ।
६७। सवैका लागि स्वच्छ खानेपानी सुविधा पुर्‍याउनका लागि‍ ओभरहेड ट्याङकी भएका ठाउँमा तिव्रताका साथ पाइपलाइन विस्तार गर्ने तथा‍ ओभरहेड ट्याङकी नभएका ठाउँहरुमा ट्याङकी निर्माणका लागि जोड दिंदै स्वच्छ खानेपानी ब्यवस्थापन गर्ने तथा ह्याण्डपाइपको पानीलाई बिस्थापन गर्दै जाने नीति लिइनेछ र खानेपानी उपभोक्ता समितिलाई क्रियाशील बनाइनेछ ।
६८। एक घर, एक धारा जडान गर्न विशेष व्यवस्था गरिनेछ । धाराको पानी उपभोग गर्ने नागरिकहरुका लागी प्रति परिवार मासिक ८००० लिटरसम्म स्वच्छ खानेपानी निःशुल्क वितरण गर्ने व्यवस्थालाई निरन्तरता दिइनेछ ।
६९। गाउँपालिकाले खानेपानी तथा सरसफाईका सम्बन्धमा तयार गरिएको रणनीतिक योजनाले मार्गदर्शन गरे बमोजिमका कार्यक्रमहरु कार्यान्वयन गर्न संघीय सरकार र प्रदेश सरकारसँग समन्वय गरिनेछ ।
७०। टोल विकास संस्था, यूवा क्लव, आमा समूह लगायतका विभिन्न संघसंस्था संगको सहयोग र समन्वयमा स्वच्छ, हरियाली र सुन्दर सियारी निर्माणको अभियान सञ्चालन गरिनेछ ।
७१। आर्थिक, सामाजिक र शैक्षिक रुपमा पछाडीपरेका महिला, दलित, आदिवासी जनजाती, मुस्लिम, पिछडावर्ग, अपांङ्गता भएका व्यक्ति लगायतका वर्ग तथा समुदायलाई सीपमूलक, आयमुलक र रोजगारमुलक कार्यक्रम सञ्चालन गरिनेछ ।
७२। महिला विरुद्ध हुने सबै प्रकारका हिंसा, विभेद र वहिष्करण अन्त्यका लागि लैंगिक समानता तथा महिला सशक्तिकरणमा सहयोग पुग्ने कार्यक्रम सञ्चालन गरिनेछ ।
७३। अपाङ्गताको प्रकृति अनुरुप आय आर्जनको लागि तालिम तथा सहायक सामग्री वितरणको ब्यवस्था मिलाईनेछ ।
७४। सवै टोल,वडा हुँदै गाउँपालिकालाई ३ वर्षभित्र बालमैत्री घोषणा गर्न आवश्यक कार्यहरु प्रारम्भ गरिनेछ । बालमैत्री स्थानीय शासनको क्रमशः कार्यान्वयन गरीनेछ ।
७५। आदिवासी जनजातीको भाषा, कला तथा संस्कृति संरक्षण र सम्वर्द्धन गरिनेछ ।
७६। दलित वर्गको उत्थान,विकास, संरक्षण, सम्वर्द्धन, सशक्तीकरण र आय आर्जनका लागि विशेष जोड दिईनेछ ।
७७। मुस्लिम तथा पिछडिएका वर्गको आय आर्जन, सीप विकास जस्ता प्रत्यक्ष फाईदा पुग्ने कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
७८। न्याय, कानून तथा मानव अधिकार प्रवर्द्धन सम्बन्धी कार्यहरुलाई प्राथमिकता दिदै सबै किसिमका अन्याय र अत्याचार अन्त्यको लागि पहल गरिनेछ ।
७९। सबै जात,जाति वर्ग समुदायको धर्म, संस्कृतिको सम्मान र संरक्षण गरिनेछ ।
८०। बौद्धिक अपांगता भएका व्यक्तिहरुको हक अधिकारको लागि सचेतनामुलक कार्यक्रम सञ्चालन गरिनेछ ।
८१। सियारी गाउँपालिका भित्रका शैक्षिक बेरोजगारहरुलाई सरकारी सेवामा प्रवेशको लागि अभिप्रेरित गराउन विभिन्न सरकारी सेवाका तयारी कक्षाहरु सञ्चालन गरिनेछ ।
८२। शैक्षिक,बौद्धिक, साहित्यिक कार्यक्रम तथा खेलकुदमार्फत बालबालिका तथा युवाहरुमा जागरण ल्याउने नीति लिइनेछ ।
८३। कर्भडहल निर्माणमा जोड दिदैं वडा नं। ४ र ५ मा अधुरो कभर्डहल निर्माण सम्पन्न गरिनेछ ।
८४। फुटवल, कबड्डी, क्रिकेट, ब्याडमिन्टनजस्ता खेल प्रतियोगिता मार्फत सियारीको पहिचान उँचो वनाउन प्रयत्न गरिनेछ । अध्यक्षकप रनिङ्ग शिल्ड फुटवल प्रतियोगिता शुरुवात गरिनेछ ।
८५। आजका विद्यार्थी नै भोलीका राष्ट्रका कर्णाधार हुने भएकाले विद्यालय शिक्षामा पनि खेलकुदलाई सिकाइको अभिन्न अंगकोरुपमा विकास गरिनेछ ।
८६। युवा लक्षित कार्यक्रमहरुलाई प्रभावकारी बनाई युवाहरुको क्षमता विकास र युवा रोजगारीको लागि प्राविधिक सीपका तालिम कार्यक्रम सञ्चालन गरिनेछ । प्राविधिक शिक्षालयहरुसँग सहकार्य गरी युवा स्वरोजगार कार्यक्रम सञ्चालन गरिनेछ ।
८७। विद्यालयस्तरका विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन गर्नका लागि विभिन्न अतिरिक्त क्रियाकलापहरु सञ्चालन गरिनेछ ।
८८। सबै प्रकारको ऐतिहासिक, पुरातात्विक र धार्मिक तथा पर्यटकीय क्षेत्र तथा संरचनाहरुको संरक्षण, प्रवर्द्धन गरिनेछ ।
८९। राष्ट्रिय भवन संहिता बमोजिम भूकम्पीय सुरक्षित घर निर्माण गर्न प्रोत्साहन गरीने छ । नक्सा पास गराई घर निर्माण गर्ने कार्यलाई अनिवार्य गरीएकोले सबै नागरिकले नयाँ घर बनाउँदा अनिवार्यरुपमा नक्सा पास स्वीकृत गरेरमात्र घर निर्माण गर्न र पुराना घरहरुको समेत अभिलेखीकरण गर्न सहजताको लागि वडा कार्यालय बाटै प्राविधिक सेवा उपलब्ध गराउने व्यवस्था मिलाइनेछ ।
९०। सियारी गाउँपालिकाको भू उपयोग नीतिलाई प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याइनेछ ।
९१। स्थानीयस्तरको बाटो सार्वजनिक कुलो, खोल्सा पोखरी, आदी सार्वजनिक स्थलको सीमा अधिकार क्षेत्र तथा सेट ब्याक तोकी स्थानीयस्तरको भवन मापदण्ड तर्जुमा गरीनेछ ।
९२। नयाँ निर्माण गर्ने घर तथा भवनहरुले अनिवार्य रुपमा भवन मापदण्ड, सडक मापदण्ड पालना गरी अनिवार्यरुपमा नक्सा पास गर्ने कार्य कडाइका साथ लागु गरिनेछ ।
९३। शहरोन्मुख क्षेत्र तथा पानी निकासको समस्या भएका वस्तिहरुमा नाली तथा ढल निकासको व्यवस्था गर्दै जाने नीति लिइनेछ ।
९४। विकासका पूर्वाधारमा सडक पहिलो शर्त हुनाले गुणस्तरीय सडक निर्माणलाई प्राथमिकता दिइनेछ । सडक स्तरोन्नतीसँगै आवश्यक क्षेत्रमा नाली निर्माण गरिनेछ ।
९५। सडकको चौडाई न्यूनतम ६ मिटर कायम गर्न सबैलाई अभिप्रेरित गरिनेछ । सबै सडकहरुको मापदण्ड निर्माण र नामाकरण गरिनेछ ।
९६। सडकको क्षेत्राधिकार ९चौडाई० पुर्याउने दायित्व सडकको दायाँ वायाँ घर जग्गा हुने नागरिकको हुने हुँदा सबै नागरिकहरुलाई सकारात्मक सोँच, भावना र विचार सहित विकास निर्माणमा पूर्णरुपमा सघाउ पुर्‍याउनु हुनेछ भन्ने विश्वास लिइएको छ । विवाद भई योजना कार्यान्वयन हुन नसक्ने वातावरण सृजना भएमा त्यस्तो योजनालाई विवादरहित क्षेत्रमा स्थानान्तरण गरी कार्यान्वयन गर्ने नीति अवलम्वन गरिनेछ ।
९७। सियारी गौरवको एक मात्र योजना सियारी पर्यटन कोरिडोरलाई अन्तर सरकार समन्वय तथा सहकार्य मार्फत कार्यान्वयनमा लगिनेछ ।
९८। सियारी चक्रपथ विस्तार कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
९९। मर्मत सम्भार कोष मार्फत मौसमी तथा अन्य गतिविधीबाट क्षयीकरण हुने पूर्वाधार तथा ग्रामीण सडकहरुको तत्काल मर्मत सम्भार गर्ने कार्यलाई निरन्तरता दिइनेछ ।
१००। संघीय सरकार र प्रदेश सरकारसँगको सहकार्यमा सञ्चालन हुने योजनाको लागि समपुरक कोषमा आवश्यक रकमको ब्यवस्था गरिनेछ ।
१०१। अन्तर सरकार समन्वय तथा सहकार्य मार्फत बजार उन्मुख चोकहरुमा शहरी पूर्वाधार निर्माण गर्दै लगिनेछ ।
१०२। विद्युत वितरण प्रणालीलाई प्रभावकारी बनाउन विद्युत प्राधिकरणसँग समन्वय गरी आवश्यकता अनुसार ट्रान्सफर्मरको क्षमता वृद्धि, थप तथा लाईन विस्तार गरी सबै घरहरुमा र वस्तीहरुमा गुणस्तरीय विद्युतीय सेवा पुर्याउने नीति लिइनेछ ।
१०३। गाउँपालिका क्षेत्रभित्र पर्ने विद्युत पोलहरुको स्थानान्तरण कार्यका लागि विद्युत प्राधिकरणसँग आवश्यक समन्वय गरिनेछ ।
१०४। वैकल्पिक उर्जा समेतको प्रयोग गर्दै गाउँपालिकाका बजार क्षेत्रहरुमा उज्यालो सियारी कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
१०५। गुइठा तथा दाउरा विस्थापन गर्ने तथा विद्युत उर्जा खपत बढाउने नीति लिइने छ ।
१०६। सूचना तथा सञ्चार प्रविधि विकासमा प्राथमिकता दिँदै सबै सेवाहरूलाई एकीकृत सफ्टवेयर प्रयोग गरी सूचना प्रविधि मैत्री बनाउँदै लगिने नीति अवलम्वन गरिनेछ ।
१०७। गाउँ कार्यपालिकाको कार्यालय, वडा कार्यालय तथा विषयगत शाखा तथा इकाईहरू, स्वाथ्य संस्थाहरूको सेवा प्रवाहलाई सूचना(प्रविधिमैत्री बनाउदै लगिनेछ । गाउँपालिकाको हरेक वडाको कार्यसम्पादनलाई विद्युतीय माध्यमबाट सञ्चालन गरिनेछ ।
१०८। गाउँपालिकाका नियमित क्रियाकलाप तथा प्रगति सार्वजनिक गर्नका लागि मिडियाहरुसँग सहकार्य गरिनेछ ।
१०९। एकीकृत सर्भरको क्रमशः व्यवस्थापन गर्ने नीति लिइनेछ ।
११०। सियारी वासीहरुलाई सूचना प्रविधिको माध्यमद्वारा गाउँपालिकाबाट प्रदान गरिने सम्पूर्ण सेवाहरुको जानकारी गराई सूचना प्रविधिमैत्री सेवा प्रवाहको प्रवर्द्धनका लागि अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिनेछ ।
१११। बेलवास बेथरी सडक सुन्दरीकरण कार्यलाई पूर्णता दिइनेछ । अन्तर सरकार समन्वय तथा सहकार्य मार्फत “एक स्थानीय तहःएक नमूना कृषि वन” कार्यक्रम सञ्चालन गरिनेछ । नदी उकास क्षेत्र खोला किनारा लगायतका सार्वजनिक स्थलहरुमा वृक्षारोपण अभियान सञ्चालन गरिनेछ ।
११२। जलवायु परिवतर्नका असरहरुलाई न्युनीकरण गर्नका लागि अनुकुलन कार्यहरु गर्दै वातावरण संरक्षण गर्ने नीतिलाई निरन्तरता दिइनेछ ।
११३। गाउँपालिकाको प्रत्येक वडाहरुमा क्रमशः बाल उद्यानर पार्क निर्माण गरिदैं लगिनेछ ।
११४। गाउँपालिका क्षेत्र भित्र रहेका सार्वजनिक पोखरीहरुको लगत संकलन गरी संरक्षणका लागि आवश्यक नीति अवलम्वन गरिनेछ ।
११५। जैविक विविधता संरक्षणका लागि विभिन्न स्थानीय तथा रैथाने बालीहरुको संरक्षण तथा प्रवर्द्धन गरिनेछ ।
११६। गाउँपालिका भित्र रहेका बाउन्नकोटी, जंगहत्था लगायतका सामूदायिक वनहरुको संरक्षण र उचित व्यवस्थापनको नीति अवलम्वन गरिनेछ ।
११७। भू–संरक्षण र जलाधार व्यवस्थापन गरी सार्वजनिक पोखरी, नदी किनाराको तटबन्ध तथा दानव र तिनाउ नदी साथै सियारी खोलामा भरपर्दो तटबन्धको लागि अन्तर सरकार समन्वय तथा सहकार्य मार्फत व्यवस्थित बनाउँदै लगिने नीति अवलम्वन गरिनेछ ।
११८। गाउँपालिका क्षेत्रभित्रका सार्वजनिक स्थलहरुको लगत अद्यावधिक गरी संरक्षण गरिनेछ ।
११९। वातावरण तथा फोहोरमैला ब्यबस्थापनको लागि समुदाय, टोल विकास संस्था, विद्यालय, यूवा क्लव लगायतका अन्य संघ संस्थाहरुसँग सहकार्य गर्ने नीति अवलम्वन गरिनेछ ।
१२०। ‘मेरो टोल मैले नै सफा राख्छु’ भन्ने अभियानका साथ टोल विकास संस्थाको सकृयतामा सुन्दर सियारीको पहिचान दिने गरी फोहरमैला ब्यवस्थापन गरिने छ ।
१२१। स्थानीयस्तरबाट उत्सर्जन हुने फोहोरमैला, प्रदुषण न्युनीकरण तथा ढल निकासको उचित व्यवस्थापन गरिनेछ ।
१२२। घरभित्रैबाट फोहरको वर्गिकरण गर्ने नीति अवलम्वन गरिनेछ । छिमेकी स्थानीय तहसँगको सहकार्यमा फोहोर विसर्जन गर्ने ठाउँ व्यवस्थापन लगायतका कार्यका लागी पहल गरिने छ ।
१२३। सिद्धार्थनगर नगरपालिका, मायादेवी गाउँपालिकासँग साझेदारीमा वारुण यन्त्रको व्यवस्थापन तथा सञ्चालनलाई निरन्तरता दिइनेछ ।
१२४। अन्तर सरकार समन्वय र सहकार्य मार्फत सहयोगी संस्था समेतको समन्वयमा विपद् जोखिम न्यूनीकरण तथा विपद प्रतिकार्य योजना परिमार्जन गरी विपद्को खोज उद्धार तथा राहतका लागी विपद् व्यवस्थापन सामग्रीको सुनिश्चितता गरिनेछ ।
१२५। विपदहरुको रोकथाम तथा न्यूननीकरणको लागि पूर्वतयारी, प्रतिकार्य र पुनर्लाभका कार्यक्रम सञ्चालन गर्न स्थानीय विपद्व्यवस्थापन कोषमा आवश्यक बजेटको व्यवस्थापन गरी प्रभावकारी रुपमा विपदको व्यवस्थापन गर्ने नीतिलाई निरन्तरता दिइनेछ । रेडक्रस, विद्यालय, संघ(संस्था तथा नदी किनारमा बस्ने नागरिकका लागि विपद प्रतिकार्य तालिम प्रदान गरिने छ ।
१२६। पूर्वाधार विकासका क्रियाकलापहरु सञ्चालन गर्दा विपद्जोखिम संवेदनशीलतालाई केन्द्रविन्दुमा राखी कार्यान्वयन गर्न सघाउ पुग्ने गरी डिजाइन तथा इष्टिमेट गर्ने व्यवस्था मिलाइनेछ ।
१२७। नदीजन्य पदार्थको उपभोग गर्दा आवश्यकता अनुसार भ्क्ष्ब्तथा क्ष्भ्भ् गराई मापदण्डको परिपालना गर्ने गराउने नीति लिईनेछ र नदी किनारामा वृक्षारोपण तथा तटबन्ध गरिनेछ ।
१२८। स्थानीय तथा पर्यावरण संरक्षण, जलवायु परिवर्तन न्युनीकरण तथा जलवायुजन्य जोखिम कम गर्न स्थानीय अनुकुलन कार्य योजना निर्माण तथा कार्यान्वयन गरिनेछ ।
१२९। गाउँपालिका,वडा कार्यालयहरु, विषयगत शाखाहरु, स्वास्थ्य संस्थाहरुमा कार्यरत सबै कर्मचारीहरुलाई आचरण र अनुशासन पूर्णरुपमा पालना गर्दै सेवाग्राहीमा मुस्कान आउने वातावरण सृजना गर्ने गरी कार्य गर्न राष्ट्रसेवक कर्मचारीहरुलाई अभिप्रेरित गरिनेछ । औचित्य र आवश्यकता अनुसार जिम्मेवारीमा हेरफेर गरी सबैलाई सबै काम गर्न सक्ने गरी सक्षम बनाईनेछ ।
१३०। आन्तरिक नियन्त्रण प्रणाली कार्यविधि,२०७९ लाई पूर्णरुपमा कार्यान्वयन गरिनेछ ।
१३१। वार्षिक बजेटमा नसमेटिएको तर तत्कालै आकस्मिक रुपमा सम्बोधन गर्नु पर्ने योजना तथा कार्यकमहरु कार्यान्वयन गर्न आकस्मिक कोषको स्थापना गरी सञ्चालन गर्ने नीति लिइनेछ । सो कोषको व्यवस्थित कार्यान्वयनका लागि आकस्मिक कोष सञ्चालन तथा व्यवस्थापन कार्यविधि तर्जुमा गरिनेछ ।
१३२। नियमित र प्रभावकारी बजार अनुगमनको माध्यमबाट गुणस्तर, नापतौल, खाद्य सुरक्षा र उपभोक्ता हित संरक्षण सम्बन्धी कार्यहरु व्यवस्थित गरिनेछ ।
१३३। गाउँपालिका तथा वडामा सञ्चालन हुने सबै बैठक तथा कार्यक्रमहरु व्यवस्थित तथा मर्यादित रुपले सञ्चालन गरिनेछ ।
१३४। जनतालाई निष्पक्ष र छिटो छरितो सेवा दिनका लागि जन्म दर्ता, विवाह दर्ता, मृत्यु दर्ता जस्ता पञ्जिकरण तथा बैंकमा जान नसक्ने अति अशक्तको लागि बैंकसँगको सहयोगमा सामाजिक सुरक्षा भत्ताको घरमै सेवा पुर्‍याउने व्यवस्था मिलाइनेछ ।
१३५। गाउँपालिका क्षेत्रमा आवश्यक शान्ति तथा सुव्यवस्था कायम गरी गाउँपालिका एवं गाउँक्षेत्र भित्रको सार्वजनिक सम्पत्तिको सुरक्षा एवं संरक्षण गर्न, अनाधिकृत निर्माण तथा सार्वजनिक सम्पत्तिको अतिक्रमण रोकथाम तथा नियन्त्रण गर्न नगर प्रहरीको प्रभावकारी परिचालन गरिनेछ ।
१३६। गाउँपालिका भित्र छाडा चौपायको व्यवस्थापन गरी कृषकहरुको खेतीपातीको सुरक्षा गर्न सञ्चालनमा ल्याइएको रामजानकी गौशालालाई प्रभावकारी रुपमा सञ्चालन गर्न आवश्यक श्रोत साधन व्यवस्थापनका लागि सहजीकरण गरिनेछ ।
१३७। नगर प्रहरी, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल बीचको समन्वय र सहकार्य मार्फत गाउँपालिका क्षेत्रभित्र शान्ति सु(व्यवस्था तथा अमनचयन कायम गरिनेछ ।
१३८। स्थानीय तह संस्थागत क्षमता स्वःमूल्याङ्कन ९ीक्ष्क्ब्० कार्यविधीले निर्दिष्ट गरेका बिषय क्षेत्रहरु, सूचक र मापदण्डहरुको प्रभावकारी कार्यान्वयन गरी सियारी गाउँपालिकालाई उत्कृष्ट तथा सवल गाउँपालिकाको रुपमा स्थापित गरिनेछ ।
१३९। कर्मचारीहरुलाई उच्च मनोवलका साथ कार्यसम्पादनमा लाग्न अभिप्रेरित गर्न पुरस्कार र सम्मानको ब्यवस्था गरिनेछ । साथै कार्यबोझ तथा कार्यसम्पादन सुचकका आधारमा कर्मचारीलाई प्रोत्साहन गरीनेछ ।
१४०। गाउँपालिकाको हित र विकासको लागि अहोरात्र खटिने कर्मचारीहकरुको वृत्ति र नविन सिकाइ अनुकरणका लागि आन्तरिक पर्यटन काजलाई निरन्तरता दिइनेछ ।
१४१। करको दरभन्दा दायरा विस्तारलाई प्राथमिकता दिई करधारलाई थप फराकिलो बनाउदै लगिने छ ।
१४२। राजश्व संकलनका लागी आवश्यक जनशक्ती परिचालन गरी करदातालाई सहज रुपमा कर तिर्ने वातावरण निर्माण गरीने छ ।
१४३। करदाताको सुविधालाई मध्यनजर गरी अनलाईन माध्यमबाट कर तिर्ने प्रणालीको विकास गरिने छ ।
१४४। करदाताले तिरेको करको मुल्याङ्कन गरी नियमित कर तिर्ने करदातालाई प्रत्यक्ष रुपमा थप सेवा सुविधासंग जोड्दै जाने नीति लिइने छ । साथै असल तथा उत्कृष्ट करदातालाई सम्मान गर्ने नीति लिइनेछ ।
१४५। सार्वजनिक सेवा र राजश्वबीच तादाम्यता कायम गर्दै कर नतिर्ने संस्था वा व्यक्तिलाई कर तिर्ने वातावरणको श्रृजना गरिने छ ।
१४६। नदीजन्य पदार्थ चोरी निकासी पैठारी तथा अवैध उत्खनन रोकथामका लागि विशेष रणनीति अपनाइनेछ ।
१४७। मैले तिरेको कर मेरै सियारीको विकासका लागी हो भन्ने अनुभुति सहित करदाता शिक्षा कार्यक्रम सञ्चालन गरिने छ ।
१४८। कर संकलनका लागी गाउँपालिकाका विभिन्न ठाउँहरुमा घुम्ती शिविरहरु सञ्चालन गरीने छ ।
१४९। प्राकृतिक श्रोत तथा नदीजन्य पदार्थहरुको उचित व्यवस्थापन गरी आन्तरिक राजस्व बढाउने तथा करका दायराहरु बढाई गाउँपालिकाको आय श्रोत वृद्धि गर्दै लैजाने नीति अनुसरण गरिने छ ।
१५०। राजश्व वृद्धिका लागि नदीजन्य पदार्थ उत्खनन विक्री तथा वितरण लगायतमा छिमेकी पालिककाहरूसँग समन्वय गरी ब्यवस्थित गरीनेछ ।
१५१। महिला, बालबालिका, ज्येष्ठ नागरिक, कृषक, अपाङ्गता भएका व्यक्ति तथा बिरामीलाई सम्मान गर्दै तोकिएका विषयमा सिफारिस दस्तुर छुट दिने नीति अवलम्वन गरिनेछ ।
१५२। राजश्व संकलनका लागि प्रयोग हुँदै आएको निजी सफ्टेवयरलाई प्रतिस्थापन गरी सरकारी सफ्टवेयर क्गत्च्ब् मार्फत राजश्व संकलन गरिनेछ ।
१५३। नेपाल सरकारको पन्ध्रौ योजना र प्रदेश सरकारको प्रथम पञ्चवर्षीय योजना तथा गाउँपालिकको प्रथम आवधिक योजनाको सोच, लक्ष्य, उद्धेश्य, नीति र रणनीतिबीच सामाञ्जस्यता कायमहुने गरी विकास प्रकृयालाई अगाडी बढाइनेछ । आवधिक योजना र वार्षिक कार्यक्रमबीच सामाञ्जस्यता कायम गर्न मध्यमकालिन खर्च संरचनाको प्रयोग गरिनेछ ।
१५४। विकास निर्माण तथा कार्यक्रममा साझेदार संस्थाहरु, गैरसरकारी संस्थाहरुसँग सहयोग समन्वय र सहजीकरण गरिनेछ ।
१५५। अनुगमन प्रणालीलाई स्वचालित तथा प्रभावकारी बनाईनेछ । आवश्यकता अनुसार अनुगमन टोलीमा विज्ञहरुलाई आमन्त्रण गरिनेछ ।
१५६। दीगो विकासका लक्ष्यहरु, लैङ्गिक सवालहरु, वातावरणीय सवालहरु, वालवालिका सवालहरुलाई मध्यनजर गर्दै योजना तथा कार्यक्रम तर्जुमा गर्ने नीति अवलम्वन गरिनेछ ।
१५७। गाउँपालिकामा हाल सम्म तर्जुमा भएका स्थानीय कानूनहरुको पालना गर्नु गराउनुका साथै ‍औचित्यका आधारमा संशोधन तथा परिमार्जन गरिनेछ ।
१५८। जनताको सर्वोपरी हितलाई ध्यानमा राखी कानूनले अधिकार प्रदान गरेका न्यायीक कार्यलाई निष्पक्ष, व्यवस्थित विश्वासयोग्य, पारदर्शी बनाउदै लगिने छ । मेलमिलापको माध्यमबाट समाजमा सामाजिक सहिष्णुता बढाउने विषयलाई जोड दिइनेछ ।
१५९। सियारी गाउँपालिकाद्वारा निर्मित मेलमिलाप सम्बन्धी कार्यविधीलाई प्रभावकारीरुपमा कार्यान्वयन गरी न्याय सम्पादन कार्यलाई व्यवस्थित गरिनेछ ।
१६०। न्याय, कानून तथा मानव अधिकार प्रवर्द्धन सम्बन्धी कार्यहरुलाई प्राथमिकता दिदै सबै किसिमका अन्याय र अत्याचारको अन्त्यको लागि कार्य गरिनेछ ।
१६१। भ्रष्टाचारमुक्त स्थानीय तहका रुपमा सियारी गाउँपालिकालाई स्थापित गरिनेछ ।
१६२। सार्वजनिक परीक्षण, सामाजिक परीक्षण र सार्वजनिक सुनुवाई जस्ता क्रियाकलापको माध्यमबाट पारदर्शिता अभिवृद्धि गर्दै लगिनेछ ।
१६३। गुनासो सुनुवाई इकाईको माध्यमबाट जनगुनासोलाई समयमै व्यवस्थापन गर्ने कार्य गरिनेछ ।‌

अन्त्यमा, विश्व आर्थिक मन्दी तथा आन्तरिक वित्तीय असन्तुलनका बीच शासन विकास र सेवा प्रवाहको कसीमा गाउँपालिकालाई अब्बल तुल्याउन सरोकारवाला सबैको अहम् भूमिका रहने कुरामा विश्वस्त रहेको छु । यस गाउँपालिकाले दीर्घकालिन सोच, उद्देश्य तथा प्राथमिकताका साथ अघि सारेका नीति तथा कार्यक्रमको सफल कार्यान्वयनले गाउँपालिकालार्इ समृद्ध बनाउन योगदान पुर्याउने नै छ । विकास निर्माण, सेवा प्रवाह र सुशासन कायम गर्न तथा विपद् व्यवस्थापन लगायतका अन्य चुनौतीको सामना गर्न सम्पूर्ण राजनीतिक दल, संघ(संस्था एकताबद्ध भएर अगाडी बढौं भन्ने आग्रह गर्न चाहन्छु । यस गाउँपालिकाको नीति तथा कार्यक्रम तर्जुमा गर्न सहयोग पुर्‍याउनुहुने उपाध्यक्षज्यू लगायत सम्पूर्ण गाउँसभाका सदस्यज्यूहरू, विषयगत समितिका पदाधिकारीहरू, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि ज्यू, राष्ट्रसेवक कर्मचारी, बुद्धिजीवि, सञ्चारकर्मी, समाजसेवी, प्राध्यापक, शिक्षक, सुरक्षा कर्मी लगायत सबैलार्इ हार्दिक धन्यवाद व्यक्त गर्दछु । नीति तथा कार्यक्रम अनुरुप यस गाउँपालिकालाई समावेशी मर्यादित स्वच्छ र समृद्ध बनाउन सबैको साथ सहयोग र सहकार्यको पूर्ण अपेक्षा गरेको छु ।

मितिः २०८०र०३र०९
धन्यवाद
जय नेपाल,जय सियारी
थानेश्वर घिमिरे
अध्यक्ष, सियारी गाउँपालिका रूपन्देही