लुम्बिनी साँस्कृतिक नगरपालिकाले ल्यायो ८२ करोड ९९ लाख बजेट

27

लुम्बिनी साँस्कृतिक नगरपालिकाले ल्यायो ८२ करोड ९९ लाख बजेट

रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकाले निति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेको छ । नगरपालिकाको ११ औँ नगरसभाले आगामी आर्थिक वर्षको लागि ८२ करोड ९९ लाख ५० हजार बजेट विनियोजन गरेको हो । जसमा संघको समानीकरण अनुदान तर्फ १७ करोड एकतिस लाख, सशर्त अनुदान तर्फ ३४ करोड ३२ लाख राजश्व बाँडफाड तर्फ १४ करोड ४१ लाख ९७ हजार समपुरक अनुदान तर्फ १ करोड तिस लाखको अनुमान गरिएको छ ।
त्यस्तै, प्रदेश सरकार समानीकरण अनुदान तर्फ १ करोड ३१ लाख ६७ हजार शर्सत अनुदान १ करोड ११ लाख ५० हजार, राजश्व बाँडफाड तर्फ ७८ लाख ३४ हजार अनुमान गरिएको छ भने आन्तरिक स्रोत ३ करोड ४६ लाख ३७ हजार, प्रदेश सरकारबाट समपुरक अनुदान १ करोड ५० लाख रहेको छ । साथै, गत वर्षको अल्या बैँक मौज्दात ३ करोड, सडक बोर्ड तर्फ ४० लाख बजेट विनियोजन गरिएको नगरपालिकाले जनाएको छ ।
आ.व २०७९÷०८०को असार १० गते सम्म आईपुग्दा कुल बजेटको ४५.१३ प्रतिशत पुँजीगत खर्च र ७६.७८ प्रतिशत चालु तर्फ खर्च भएको जनाईएको छ ।
नगरपालिकाको ११ औँ नगरसभाले आगामी वर्ष २०८०÷०८१ लागी प्र्रस्तुत गरेको निति तथा कार्यक्रम पारित भएसँगै आगामी आर्थिक वर्षको लागि बजेट ल्याएको हो । नगरपालिका मेयर सजरुद्धिन मुसलमानले प्रस्तुत गरेको निति कार्यक्रममा शिक्षा, स्वास्थ्य, कृषि, पुर्वाधार, धार्मिक र पर्यटन क्षेत्रलाई प्राथमिकता दिईएको उल्लेख छ ।