सञ्चारको बजेट समानुपातिक ढंगले खर्च गर्छौँ : मुख्यमन्त्री चौधरी

41

सञ्चारको बजेट समानुपातिक ढंगले खर्च गर्छौँ : मुख्यमन्त्री चौधरी

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रदेश सरकारले सञ्चार माध्यमलाई छुटएको बजेट समानुपातिक ढंगले खर्च गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएकाे छ । आगामी आर्थिक वर्षको लागि बिनियोजित बजेटमा निजि क्षेत्रबाट सञ्चालित मिडियालाई बजेट दिएको भन्दै बिरोध तथा आलोचना हुन थालेपनि चौधरीले सञ्चार माध्यममा आएजस्तो छरप्रस्ठ बजेट खर्च नगर्ने प्रतिबद्धता गर्नुभएकाे हाे ।
बुटवलमा पत्रकारहरुसंग कुराकानी गर्दै मुख्यमन्त्री चौधरीले सरकारकाे प्रदेश भित्रका सबै मिडियालाई हेर्न दृष्टीकोण एउटै रहेको बताउँदै नीति तथा कार्यविधि बनाएर व्यवस्थित र समानुपातिक ढंगले सञ्चार मन्त्रालय मार्फत नै बजेट खर्च हुने बताउनु भयाे ।
बजेटमा दाङ केन्द्रीत मिडियालाई मात्रै बजेट बिनियोजन गरेको गुनासो आफुसमक्ष समेत आईरहेको बताउँदै मुख्यमन्त्री चौधरीले मिडियाको क्षेत्रमा छुट्टाईएको १२ कराेड र केही मिडियाकाे नाममा आएकाे सरदर १ करोड समेत गरी १३ कराेड रुपैया समावेसी ढंगले खर्च गरिने जानकारी गराउनु भयाे ।
उहाँले सांसदहरुले आफुले पाएको सिलिंङ अनुसार मिडियाको नाममा बजेट मागेको भएपनि त्यो पैसा खर्च गर्न नमिल्ने बताउँदै ती बजेटलाई एकमुष्ट बजेटमा समावेस गरी खर्च गर्ने बताउनु भयाे।
‘मिडियामा जसरी दाङको मुख्यमन्त्री र अर्थमन्त्री भएकोले दाङमा बढि बजेट गएको छैन्, समान ढंगले बिरतण भएको छ ।’ उहाँले भन्नुभयाे -‘सञ्चार क्षेत्रमा पनि एकमुष्ठ बजेटनै छ। एकल रुपमा आएका बजेट खर्च गर्न मिल्दैन, ति सबैलाई एउटै शिर्षकमा समावेस गरेर समानुपातिक ढंगले बितरण गर्नेछौँ ।’
उनले लुम्बिनी प्रदेशलाई पर्यटकीय प्रदेश बनाउने योजना अन्तरगत लुम्बिनी प्रदेश सरकारको आयोजनामा नेपालमै पहिलो पटक लुम्बिनीमा ‘लिडर टु लोरेन्स’ कार्यक्रम आयोजना गर्न लागिएको जानकारी दिनुभयाे ।
बुद्ध जन्मस्थल लुम्बिनी सहित बुद्ध सर्किट रहेको लुम्बिनीलाई केन्द्रमा राखेर पर्यटक भित्र्याउनको कार्यक्रम महत्वपूर्ण हुने बताउनु भयाे । सन २०२४ जनवरी १५ मा हुने कार्यक्रममा झण्डै १ दर्जन नोवेल पुरस्कार बिजेताहरु(लोरेन्स) र करिब १ दर्जन राष्ट्रका राष्ट्र प्रमुख कार्यक्रममा सहभागि हुने उहाँले जानकारी दिनुभयाे ।
लुम्बिनी प्रदेश सरकार अहिले रोजगारी शिर्जनाको काममा लागिरहेको बताउँदै यो कार्यक्रमबाट पनि रोजगारी सिर्जना हुनेगरि तयारी भईरहेको बताउनु भयाे ।
‘बुद्ध जन्मस्थल लुम्बिनी हामीसँग छ, यसलाई हामीले केन्द्रमा राखेर पर्यटकीय परिपथ बनाउदा सबै क्षेत्रमा रोजगारी सिर्जना हुँन्छ ।’ उहाँले भन्नुभयाे-‘लिडर टु लोरेन्स’ कार्यक्रमले पनि रोजगारी सिर्जना गरोस भन्ने हिसाबले हामीले तयारी थालिरहेका छौँ।’