पाल्पाको रिब्दीकोट-१ मा दुईभन्दा बढी सन्तान जन्माउनेलाई पाँच हजार पुरस्कार

38

पाल्पाको रिब्दीकोट-१ मा दुईभन्दा बढी सन्तान जन्माउनेलाई पाँच हजार पुरस्कार

पाल्पाको रिब्दीकोट गाउँपालिका वडा नं. १ ले दुई भन्दा बढी सन्तान जन्माउनेलाई पाँच हजार रुपैंया पुरस्कार दिने भएको छ । वडामा जनसंख्या बढाउनको लागि यस्तो निर्णय लिईएको हो ।
गाउँमा जनसंख्या कमी हुँदा खेतबारी बाँझो भएको, विद्यालयमा विद्यार्थी नभएर समायोजन हुनुपर्ने अवस्था आएको भन्दै वडाले यस्तो व्यवस्था गरिएको वडाअध्यक्ष चिरञ्जिवी पोखरेलेले जानकारी गराउनु भएको छ । यो कार्यक्रम यहि साउन १ गतेदेखि लागु हुने छ । यो वर्षको लागि ६० हजार रुपैंया बजेट विनियोजन गरिएको छ । आगामी वर्ष थप वजेटको व्यवस्था गरिने पनि उहाँले बताउनु भयो ।
दुई भन्दा बढी सन्तान जन्माएर वडामा जन्मदर्ता गराउन आउनेलाई पुरस्कार स्वरुप ५ हजार रुपैंया प्रदान गरिने छ । वडामा जनसंख्या पनि कम रहेको र घट्दो रहेकाले यो निर्णय गरिएको वडा अध्यक्ष पोखरेल बताउनु हुन्छ । राष्ट्रिय जनगणना २०६८ अनुसार रिब्दीकोट गाउँपालिका वडा नम्बर १ मा २ हजार ३४ जनसंख्या थियो । तर जनगणना २०७८ मा आउँदा ३ सय जनसंख्या घटेर २ हजार ६० मा आएको वडा अध्यक्ष पोख्रेलले बताउनु भयो ।