प्रमुख प्रतिपक्षी दल एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकाे राजिनामा मागेकाे छ ।
बुधबार संसदको बैठक सुरु भएलगतै विशेष समय लिएर बोलेका एमाले सांसद रघुजी पन्तले प्रधानमन्त्रीको राजिनामा माग गर्नु भएकाे हाे ।
प्रधानमन्त्री दाहालकाे आफूलाई प्रधानमन्त्री बनाउन प्रितम सिंहले धेरै मिहिनेत गरेको र दिल्ली गएको भन्ने अभिव्यक्ति आपत्तिजनक भएको र यसले नेपालको स्वाभिमान गिरेको बताउँदै एमालेले प्रधानमन्त्रीकाे राजिनामा माग गरेकाे हाे ।
एमाले सांसद पन्तले प्रधानमन्त्री नैतिकताका आधारमा पदमा बस्नु उपयुक्त नहुने र राजीनामा नदिएसम्म संसद चल्न नदिने बताउनु भयाे । लगत्तै एमाले र राश्वपाका सांसदहरुकाे विराेधका कारण संसद बैठक आधा घण्टाकाे लागि स्थगित भएकाे छ ।