प्रदेशकाे विकासमा सबै एक ठाउँमा बसाैँ : मुख्यमन्त्री चाैधरी

30

प्रदेशकाे विकासमा सबै एक ठाउँमा बसाैँ : मुख्यमन्त्री चाैधरी

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रदेशकाे विकासकाे लागि सत्ता पक्ष र प्रतिपक्ष एक हुनु पर्ने बताउनु भएकाे छ । उहाँले सदनमा विरोधका नाममा विरोध गर्न छोडेर प्रदेशको समृद्धिका लागि सत्ता पक्ष र प्रतिपक्ष एकै ठाउँमा रहेर काम गर्नु पर्ने बताउनु भएकाे हाे । बुधवार प्रदेश सभामा भएको बजेट छलफलमा मुख्यमन्त्री चौधरीले सम्वोधनमा काम गर्दै जादा सबैको सबै ठाउँमा पूर्णता नहुने हुदा सिक्दै र सुधार गर्दै सबै जानु पर्ने बताउनु भयाे । उहाँले सदमा प्रतिपक्षले उठाएको कुरालाई सरकारले गम्भीर रुपमा लिएको बताउँदै छलफल पछि निकास समेत गरिसकेको जानकारी गराउनु भयाे । प्रदेश सरकार सहमति र सम्वादको नीतिमा रहेकाे र त्यसको निरन्तता दिदै जाने उहाँकाे भनाई छ ।
सम्वादको थालनी भइसकेको र त्यसले प्रदेशको विकासमा टेवा पु¥याउने बताउँदै उहाँलेअहिले पक्ष प्रतिपक्ष भन्दा पनि प्रदेशको औचित्य पुष्टि गर्ने बेला भएकाले सबैको यसमा भूमिका एकै प्रकारको रहनु पर्ने भनाई राख्नुभयाे । आबश्यकता र औचित्यको आधारमा प्रदेश सरकारले काम सुरु गरेको भन्दै यसका लागि प्रदेश सरकारले समिति नै बनाएर अध्ययन थालेको र प्रदेशमा पक्ष विपक्ष एकै ढुगामा रहेको भन्दै सफल भए सबै हुने र असफल भए सबै असफल हुने भन्दै उहाँले ढुगालाई सहि रुपमा अवतरण गरेर प्रदेशको औचित्य र आबश्यकता पुष्टि गर्ने सबैकाे दायित्व भएकाे बताउनु भयाे ।
मुख्यमन्त्रीले रासायनीम मलको आपुर्तिको सहजता भइरहेको र थप सहजताका लागि पनि प्रयास भइरहेको बताउद‌ै आबश्यकता अनुसारको नीति प्रदेश सरकारले लिएको बताउनु भयाे ।
मुख्यमन्त्री चाैधरीले प्रदेशको समृद्धिका लागि आर्थिक विकासका कार्यक्रम प्रदेश सरकारले ल्याउन लागेको र त्यसका लागि बास्केट फन्ड निर्माण भएको बताउनु भयाे । यसका लागि प्रदेश सरकारले ३ अर्व रहेको समेत जानकारी दिनुभयाे ।