शाइन रेसुङ्गालाई इमर्जिङ एशिया बैकिंङ अवार्ड

11

शाइन रेसुङ्गालाई इमर्जिङ एशिया बैकिंङ अवार्ड

शाइन रेसुंगा डेभलपमेन्ट बैंकले इमर्जिङ एशिया बैकिंङ अवार्ड–२०२२ जितेको छ । बेस्ट पर्फमेन्स अन प्रोफिटाबिलिटी र बेस्ट पर्फमेन्स अन ग्रोथ क्याटेगोरिजका आधारमा शाइन रेसुंगा डेभलपमेन्ट बैंक उत्कृष्ट हुंदै अवार्ड जितेको हो । इण्डियन च्याम्बर अफकमर्सले आह््वान गरेको खुल्ला प्रतिस्पर्धामा भारत, बंगलादेश, भुटान, म्यानमार, श्रीलंका र नेपाल गरी ६ देशका बैंक तथावित्तीय संस्थाहरुले अवार्डका आवेदन दिएका थिए ।
अवार्डका लागि इण्डियन च्याम्बर अफकमर्सको आर्थिक मामिला तथा नीति विभागले विभिन्न १७ वटा सुचक निर्धारण गरेको थियो । जसमध्ये शाइन रेसुंगाले कुल सम्पत्ति, कुलनिक्षेप, कुलकर्जा तथा सापटी, खुदकर्जा तथा सापटी, कुल ब्याज आर्जन, कुल ब्याज खर्च, शुल्कमा आधारित आम्दानी, सञ्चालन खर्च, कर पछिको खुदनाफा, प्रावधान र आकस्मिकता तथा अन्य आम्दानी लगायतका सुचकहरुमा उत्कृष्ट भएको थियो ।
अवार्ड छनोटको निर्णायकमा अन्तर्राष्ट्रियस्तरमा ख्याति प्राप्त प्राइस वाटर हाउस कुप (सीडब्लुसी) रहेको थियो । सीडब्लुसीको उपस्थिति विश्वका १५० देशका ७ सय स्थानमा रहेको छ । उक्त अवार्ड भारतको गोवामा शनिबार वितरण गरिएको थियो । उक्त अवार्ड शाइन रेसुंगा डेभलपमेन्ट बैंकका ब्राण्डिङ हेड प्रभास राईले ग्रहण गर्नु भएको थियो । स्थापना कालदेखि नै इथिकल बैकिङको मूल्यमान्यतामा अगाडि बढेकाले अहिले इमर्जिङ एशिया बैकिंङ अवार्ड प्राप्त गर्न सफल भएको र यसबाट बैंकको उचाई थप माथि पुगेको बैंकका प्रमुखकार्यकारी अधिकृत प्रकाश पौडेलले बताउनु भयो ।
‘अन्तर्राष्ट्रिय अवार्ड पाउनुमा बैंकका सञ्चालक, कर्मचारी, निक्षेपकर्ता, कर्जा लिएका सर्वसाधारणदेखि उद्योगी व्यवसायी सबैको योगदान र सहयोग छ’–पौडेलले भन्नुभयो । बैंकले गतवर्ष न्यु विजनेस एज प्रालिले आयोजना गरेको प्रतिस्पर्धामा बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैंक अवार्ड जितेको थियो । शाइन रेसुंगा डेभलपमेन्ट बैंक बुटवलमा केन्द्रीय कार्यालय रहेको लुम्बिनी प्रदेशको एक मात्र राष्ट्रिय स्तरको विकास बैंक हो । ५ अर्ब ३९ करोड अधिकृत पुंजी र ४ अर्ब २८ करोड चुक्ता पुंजी भएको बैंकका देशभर ८८ वटा शाखा, एउटा एक्सटेन्सन काउन्टर र १६ वटा एटीएम सञ्चालनमा रहेको बैंकले जनाएको छ ।