लाईन जाने समस्या समाधानको माग गर्दै विद्युत कार्यालयमा रास्वपाको ज्ञापन

1.3K

लाईन जाने समस्या समाधानको माग गर्दै विद्युत कार्यालयमा रास्वपाको ज्ञापन

राष्ट्रिय स्वतन्त्र पार्टी सैनामैनाले विद्युतमा देखिएको समस्या समाधानको माग गर्दै सैनामैना स्थित पर्रोहा फ्युजन केन्द्रमा ज्ञापन पत्र बुझाएको छ ।
विद्युत प्राधिकरणले सैनामैना नगरपालिका भरी केही समयदेखि विना सूचना रात दिन जुनसुकै समयमा विद्युत कटौती गरेको र जसका कारण सैनामैना बासी, उद्योगी व्यवसायी, अस्पताल, विद्यालय, क्याम्पस, किसान, मजदुर लगायतको जनजीवन प्रभावित भएको र अत्यावसेक वस्तु तथा सेवा समेत प्रभावित भएको बताउँदै तत्काल समस्या समाधानको लागि माग गरिएको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टी सैनामैना नगर समितिका संयोजक राजबहादुर क्षेत्र र सचिव लक्ष्मण पौडेलद्वारा हस्ताक्षरित ज्ञापन पत्र सैनामैना नगरपालिका, नेपाल विद्युत प्रधिकरण शाखा कार्यालय बुटवललाई समेत वोधार्थ दिईएको राष्ट्रिय स्वतन्त्र पार्टी रुपन्देही क्षेत्र नं. २ का संयोजक रमेश लम्सालले बताउनु भयो । रास्वपा रुपन्देही क्षेत्र नं. २ का क्षेत्रीय सदस्य शोभा खत्री, ¥याट संयोजक दामोदर खत्री, सैनामैना १ का वडा सभापति एकबहादुर क्षेत्री, २ का नविन रेग्मी, ४ का एलबि रावल, ६ सोनु पाण्डे, ७ का राजन पाण्डे, १० का नवराज पाण्डे तथा पार्टी सदस्यहरु समेतको उपस्थितीमा उक्त ज्ञापन पत्र बुझाईएको थियो ।