प्रधानमन्त्री प्रचण्डलाई पत्नी शोक

14

प्रधानमन्त्री प्रचण्डलाई पत्नी शोक

प्रधानमन्त्री पुष्पकलम दाहाल प्रचण्डलाई पत्नी शोक परेको छ । प्रधानमन्त्री प्रचण्ड पत्नी सीता दाहालको आज बुधबार बिहान साढे ८ बजे नर्भिक अस्पतालमा निधन भएको हो । प्रधानमन्त्री पत्नी दाहाल पार्किन्सन जस्तो देखिने जटिल रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी.)’ बाट ग्रसित हुनुहुन्थ्यो ।
स्वास्थ्य अवस्था गम्भीर भएपछि बिहान ८ बजे अस्पताल लगिएको थियो । आकस्मिक कक्षमा सीपीआर लगायतका विधिबाट उपचारकै क्रममा ८ बजेर ३३ मिनेटमा अस्पतालले मृत घोषणा गरेको थियो ।