रोटरी क्लव अफ रुपन्देहीमा सिए लम्साल

1.3K

रोटरी क्लव अफ रुपन्देहीमा सिए लम्साल

रोटरी क्लव अफ रुपन्देहीमा पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । बिहिबार रुपन्देहीको तिलोत्तमामा एक समारोहका बिच क्लवको १२ औं पदस्थापन गरिएको हो । त्यस अवसरमा क्लवका निवर्तमान अध्यक्ष ऋषिराम भण्डारीले नवनिर्वाचित अध्यक्ष सिए हरि लम्साललाई पद हस्तान्तरण सहित पदस्थापन गराउनु भएको थियो ।
कार्यक्रममा बोल्दै डिष्ट्रिक ३२९२ का गभर्नर नोमिनी बिनोद कोइरालाले क्लवले छोटो समयमा राम्रा काम गर्न सफल भएको भन्दै आगामी दिनमा पनि रचनात्मक कार्यक्रम गर्न सुझाउनु भयो । कार्यक्रममा एजी कृष्णप्रसाद शर्मा, पूर्व एजी राजुदेवी खनाल, डिष्ट्रिकका पब्लिक इमेज चियर राजकुमार गुप्ता, क्लवका पूर्व अध्यक्ष राजु खरेल, रोटरी क्लव अफ भैरहवाका अध्यक्ष उमेशचन्द्र आचार्य, क्लवका प्रेसिडेन्ट काउन्सिल चियर दुर्गाबहादुर पोखरेल लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।
पदभार ग्रहण गर्दै नवनिर्वाचित अध्यक्ष लम्सालले क्लवले शिक्षा, स्वास्थ्य र वातावरणलाई प्राथमिकता दिएर काम गर्न लागिएको जानकारी गराउनु भयो । उहाँले सेमराबजार हेल्थपोष्टमा रोटरी मातृशिशु अस्पताल सञ्चालनको लागि पहल गर्ने भनाई राख्नुभयो । त्यस्तै निवर्तमान अध्यक्ष भण्डारीले क्लवले सञ्चालन गरेका कार्यक्रमलाई निरन्तरता दिन र क्लवका गतिबिधिमा अफू पनि साथै रहेको प्रतिवद्धता व्यक्त गर्नुभयो ।

त्यसै अवसरमा नवनिर्वाचित अध्यक्ष लम्सालले आफ्नो बोर्डलाई सपथ ग्रहण गराउनु भएको थियो । वर्ष २०२३/२४ को लागि क्लवमा प्रेसिडेन्ट इलेक्टमा प्रमोद पन्थी, प्रेसिडेन्ट इलेक्ट नोमिनीमा सुवोध भट्टराई, सचिवमा थानेश्वर चापागाई, कोषाध्यक्षमा विष्णु वेलवासे, प्रथम उपाध्यक्षमा कृष्ण गौतम, द्वितीय उपाध्यक्षमा विक्रम रिजाल, एड्मीन चियरमा मिलन भण्डारी, सर्भिस प्रोजेक्ट चियरमा ऋषिराम पाण्डे, पब्लिक इमेज चियरमा दीपक अधिकारी, मेम्बरशिप चियरमा नारायण गैरे, टिआरएफ चियरमा यमलाल पाण्डे तथा डाईरेक्टरहरुमा ओमप्रकाश श्रेष्ठ, प्रताप भण्डारी, विष्णुप्रसाद पौडेल, मनु श्रेष्ठ, पुरुषोत्तम भट्टराई, कृष्णप्रसाद चौधरी, सुनिल कार्की, प्रकाश पाण्डे, र युवराज रेग्मी रहनु भएको छ । त्यस्तै क्लवको सहसचिवमा ओमबहादुर खत्री र सहकोषाध्यक्ष पदमा राजेश खरेल रहनु भएको छ । त्यसैगरी प्रेसिडेन्ट काउन्सिल चियरमा दुर्गाबहादुर पोखरेल र क्लव मेन्टरमा राजु खरेल रहनु भएको छ ।
कार्यक्रममा क्लवले स्थापना गरेको रोटरी सामुदायिक पत्रकारिता पुरस्कार पत्रकार दीपक घिमिरेलाई प्रदान गरिएको छ । घिमिरेलाई नगद पुरस्कार सहित सम्मान गरिएको हो । त्यस्तै एसईई परीक्षामा उत्कृष्ट भएका क्लवका सदस्यहरुलाई पनि पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रममा प्रेसिडेन्ट इलेक्ट सिए प्रमोद पन्थीले स्वागत तथा प्रेसिडेन्ट नोमिनी सुवोध भट्टराईले धन्यवाद व्यक्त गर्नुभएको थियो । त्यसै अवसरमा क्लवले प्रकाशन गरेको डाईरेक्ट्री पनि विमोचन गरिएको थियो ।