सिद्धबाबा धाममा अनियमितता गर्ने दुई जना कर्मचारीलाई कारवाही

1.3K

सिद्धबाबा धाममा अनियमितता गर्ने दुई जना कर्मचारीलाई कारवाही

सिद्धबाबा धाममा अनियमितता गर्ने दुई जना कर्मचारीलाई कारवाही गरिएको छ । बुटवल उपमहानगरपालिका वडा नं. ३ रहेको सिद्धबाबा धाम (तल्लो सिद्धबाबा)मा दाताबाट प्राप्त भएको दान रकमको रसिद काट्ने क्रममा अनियमितता गर्ने सहायक पुजारी भुवन ज्ञवाली र कर्मचारी तारानाथ उपाध्यायलाई निलम्बन गरिएको धाम विकास समितिले पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।
सिद्धबाबा धाममा दाताबाट रसिद काट्ने क्रममा तादालाई दिने रसिद र धाममा रहने छायाँप्रति रसिदमा फरक फरक रकम उल्लेख गरेर अनियमिता गरेको ठहर गरि ती कर्मचारीलाई कारवाही गरिएको धाम व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद तिमिल्सिनाले जानकारी गराउनु भयो । रसिद काट्दा दातालाई दिने रसिदको पानामा रु ११०५ उल्लेख भएको छ भने प्रतिछायाँ पानामा ५०५ मात्र लेखिएको छ ।

यसप्रकारको गतिबिधिमा संलग्न भएको पाईएपछि दुई जना कर्मचारीलाई कारवाही गरिएको हो भने यही क्रियाकपालमा संलग्न रहेको पुष्टि भएका भुवन ज्ञवालीका छोरा विकास ज्ञवालीलाई समेत सचेत गराईएको उहाँले बताउनु भयो । कारवाही अगाडि उनीहरु तीनै जनालाई स्प्रटीकरण सोधिएको र त्यसको स्वीकार गरेर स्प्रष्टीकरण दिएपछि कारवाही स्वरुप निलम्बन गरिएको धाम व्यवस्थापन समितिका सचिव गणेशबहादुर अधिकारीले बताउनु भयो ।
अहिले उक्त रसिद सामाजिक सञ्जालमा आएपनि जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको थियो । जिल्ला प्रशासनबाट पत्र आएपछि त्यसको छानविन गरेर ती कर्मचारीलाई निलम्बन गरी प्रशासनमा जानकारी गराईएको थियो । अहिले फेरी त्यस उपर अख्तियारमा उजुरी परेको र त्यसरी रसिद काट्नेहरुबाट प्रशासन तथा अख्तियारमा उजुरी परेको हुन सक्ने धाम सञ्चालक समितिका सदस्य छायाँ पोखरेलले बताउनु भयो । ‘निययोजित रुपमा जसले रसिद काट्यो उही उजुरी दिन अख्तियार गएको छ । कर्ताको रसिद बोकेको छ, यहाँ हुने पहेलो र सेतो रसिदको पनि फोटो खिचेको छ ।’ उहाँले भन्नुभयो–‘यो कसले के उदेश्यले घटाएको छ यो हामीले बुझ्दै छौं ।’ उहाँका अनुसार ती तीनवटा रसिद बाहेक अरु त्यस्तो भेटिएको छैन ।
गएको मंसिरमा मन्दिर व्यवस्थापन समितिको अधिवेशन भएपनि नयाँ नेतृत्वको लागि सहमति जुट्न सकेको थिएन । उक्त अधिवेशनमा वर्तमान अध्यक्ष तिमिल्सिना र उपाध्यक्ष लक्ष्मण पोखरेल अध्यक्षको लागि आकाँक्षी हुनुहुन्थ्यो । त्यतिवेला सहमति हुन नसकेपछि केही समय मन्दिर नेतृत्व विहिन भएको थियो । गत फागुनमा तिमिल्सिना अध्यक्ष र पोखरेल उपाध्यक्ष हुनेगरी सहमति गरी मन्दिरमा नयाँ नेतृत्व चयन गरिएको थियो । यहि विषयमा असन्तुष्ट भएका व्यक्तिहरुले यो काम गराईएको हुन सक्ने अध्यक्ष तिमिल्सिना बताउनु हुन्छ ।