रोटरी बुटवल साउथद्वारा बृक्षरोपण

1.3K

रोटरी बुटवल साउथद्वारा बृक्षरोपण

रोटरी क्लव अफ बुटवल साउथको आयोजनामा बुटवलको बमघाटमा बृक्षरोपण गरेको छ । शिक्षा स्वास्थ्य तथा वातावरणको क्षेत्रमा काम गर्दै आएको रोटरी क्लव अफ बुटवल साउथले वातावरण संरक्षण तथा हरियाली प्रवद्र्धनको लागि बुटवल उपमहानगरपालिका वडा नं. ३ बमघाटमा बृक्षरोपण गरेको हो ।
वातावरणीय सन्तुलन कायम राख्नको लागि बनजंगलको महत्वपूर्ण भूमिका रहने भएकाले वातावरण संरक्षण, हरियाली प्रवद्र्धनको साथै भू–क्षय रोक्नको लागि पहिरो प्रभावित क्षेत्रमा बृक्षरोपण गरिएको क्लवकी अध्यक्ष शारदा पंगेनीले बताउनु भयो । यसले बन्यजन्तुको बासस्थान संरक्षण पनि हुने उहाँको भनाई छ ।
कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नं. ३ का वडा अध्यक्ष विष्णु ढकालले क्लवले सामाजिक उत्तरदायित्व बहन गरेर आफ्नो वडामा आएर बृक्षरोपण गरेकोमा आभार व्यक्त गर्दै रोपिएका विरुवाको संरक्षणमा स्थानीयलाई समेत सहयोग गर्न आग्रह गर्नुभयो । त्यस्तै बुटवल उपमहानगरपालिका बन अधिकृत रोहित भुसालले बुटवल उपमहानगरपालिको हरियाली प्रवद्र्धनका कार्यक्रम सञ्चालन गरिरहेको सन्दर्भमा क्लवे समेत त्यसलाई सहयोग पुग्ने गरी बृक्षरोपण गरेकोमा आभार व्यक्त गर्नुभयो ।

त्यस अवसरमा क्लवका संस्थापक अध्यक्ष डा. रामचन्द्र आचार्यले बृक्षरोपण कार्यक्रममा स्थानीयको पनि साथ सहयोग र समर्थन प्राप्त भएकाले रोपिएका विरुवाको संरक्षणमा पनि स्थानीको बलियो साथ पाईने विश्वास व्यक्त गर्नुभयो । उहाँले क्लवले विगतदेखि नै वातावरण संरक्षणको क्षेत्रमा काम गर्दै आएको आगामी दिनमा पनि निरन्तरता दिईने भनाई राख्नुभयो ।
बृक्षरोपण कार्यक्रममा क्लवका पदाधिकारी तथा पूर्व अध्यक्षहरु, रोट्रयाक्ट क्लव अफ बुटवल साउथ, रोट्रयाक्ट क्लव अफ तिनाउ सिटीका पदाधिकारी सदस्यहरु तथा स्थानीयको समेत उपस्थिती सहभागिता रहेको थियो ।