जन्मदिनमा समाजसेवी गैरेद्वारा अनाथ तथा अपाङ्ग आश्रममा सहयोग

37

जन्मदिनमा समाजसेवी गैरेद्वारा अनाथ तथा अपाङ्ग आश्रममा सहयोग

बुटवलका समाजसेवी टंकप्रसाद गैरेले आफ्नो जन्मदिनमा अनाथ तथा अपाङ्ग आश्रममा खाद्यान्न सहित आर्थिक सहयोग गर्नुभएको छ । बुटवल उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष समेत रहनुभएका समाजसेवी गैरेले आफ्नो जन्मदिनको अवसरमा मंगलबार बुटवल उपमहानगरपालिका वडा नं. १५ उजेलापुरमा रहेको लुम्बिनी अपाङ्ग दृष्टिबिहिन अनाथ आश्रममा खाद्यान्न, सरसफाईका समान प्रदान गर्नुभएको हो ।
उहाँले चामल, दाल, सुख्खा तरकारी, आटा, चिउरा, भुजा लगायतका खाद्यान्न तथा साबुन, मञ्जन, ब्रस लगायतका सरसफाईका सामान सहित नगद प्रदान गर्नुभएको हो । उहाँले विगत दश वर्षदेखि प्रत्येक वर्ष आफ्नो जन्मदिनमा यस्तै आश्रममा सहयोग गरेर मनाउँदै आउनु भएको छ । आगामी दिनमा पनि आफू सक्दो सहयोग गर्दै जाने बताउनु हुन्छ ।

उक्त आश्रममा ३६ जना मध्ये १७ जना अपाङ्गता भएका तथा दृष्टिबिहन र १९ जना अनाथ बालबालिका आश्रीत छन् । उनीहरु गीत गाउने तथा हस्तकलाका सामाग्रिहरु अगरवत्ती लगायतका सामानहरु बिक्रि गरेर जिविकोपार्जन गर्दै आईरहेको आश्रमले जनाएको छ ।