राेटरी तिलाेत्तमा रुपन्देहीद्वारा देवदहमा बृक्षराेपण

1.3K

राेटरी तिलाेत्तमा रुपन्देहीद्वारा देवदहमा बृक्षराेपण

राेटरी क्लव अफ तिलाेत्तमा रुपन्देहीले देवदहकाे बुद्ध सामुदायिक बनमा रहेकाे गाैतमबुद्ध राष्ट्रिय उद्धानमा बृक्षराेपण गरेकाे छ । क्लवले राेट्रयाक्ट क्लव अफ तिलाेत्तमा देवदह, राेट्रयाक्ट क्लव अफ तिलाेत्तमा रुपन्देही र राेट्रयाक्ट क्लव अफ तिलाेत्तमा सुद्धाेदनकाे सहकार्यमा बृक्षराेपण साथै सरसफाई गरिएकाे हाे ।
क्लवले राेटरी पार्ककाे अवधारणा अनुिार वार्षिक कार्ययाेजना बनाएर प्रत्येक वर्ष उक्त उद्यानमा बृक्षराेपण गर्दै आएकाे छ ।
कार्यक्रममा बाेल्दै सामुदायिक बनका अध्यक्ष टेकबहादुर रानाले क्लवले याेजना बनाएर त्यस उद्यानमा बृक्षराेपण गरेकामा धन्यवाद ज्ञापन गर्नुभयाे । उहाँले राेपिएका बिरुवाकाे संरक्षणमा पनि ध्यान दिन आग्रह गर्नुभयाे ।
राेटरी क्लव अफ तिलाेत्तमा रुपन्देहीका अध्यक्ष निरज श्रेष्ठले उद्यानमा राेटरी पार्क बनाउने क्लवकाे याेजना अनुसार प्रत्येक वर्ष बृक्षराेपण गरिएकाे बताउदै राेपिएका बिरुवाकाे संरक्षण र हराभरा बनाउन क्लवले आगामी दिनमा पनि कार्यक्रमलाई निरन्तरता दिईने बताउनु भयाे ।
क्लवका उपाध्यक्ष देवीराम पाण्डेकाे संयाेजनमा भएका कार्यक्रममा सचिव शंकर पाण्डे, राेट्रयाक्ट क्लव जाेन २२ का जेडआरआर सुनिल गिरी, राेट्रयाक्ट क्लव अफ तिलाेत्तमा देवदहका अध्यक्ष विक्रम भुसाल लगायतले भनाई राख्नुभएकाे थियाे ।