काँग्रेस नेता खनालको निधन

27

काँग्रेस नेता खनालको निधन

नेपाली काँग्रेसका नेता बुटवल उपमहानगरपालिकाका पूर्व उपमेयर रामप्रसाद खनालको निधन भएको छ । उहाँको ८३ वर्षको उमेरमा शनिबार राती आफ्नै घर बुटवल दीपनगरमा निधन भएको हो ।
२०४९ सालमा भएको स्थानीय निकायको निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट बुटवल नगरपालिकाको उपमेयरमा निर्वाचित काँग्रेसका पूर्व बुटवल नगर सभापति बुटवल निवासी खनालको गएराती निधन भएको हो ।
२०३६ सालको जनमत संग्रह, २०४२ सालको सत्याग्रह र २०४६ सालको प्रजातन्त्र पुनःस्थापनाको आन्दोलनमा बुटवलमा नेतृत्वदायी भूमिकामा उहाँको योगदान छ । उहाँको पार्थिव शरीरलाई आईतबार नै मैनावगर घाटमा दाहसंस्कार गरिएको छ ।