लायन्स क्लव अफ बुटवल मिलनले बुटवलको ट्राफिकचोक स्थित सडक डिभाईडरमा निर्माण गरिएको मिलन गार्डेनमा बृक्षरोपण गरेको छ ।
बृक्षरोपण कार्यक्रममा बोल्दै लायन्स डिष्ट्रिक गभर्नर अर्जुनमान सैंजूले बृक्षरोपणले वातावरणीय सन्तुलन कायम राख्न मद्धत गर्ने बताउँदै रोपिएका विरुवाको संरक्षणमा पनि ध्यान दिन आग्रह गर्नुभयो ।
क्लवका अध्यक्ष दीपक घिमिरेको अध्यक्षतामा भएको बृक्षरोपण कार्यक्रममा फष्ट भाईस डिष्ट्रिक गभर्नर पुरुषोत्तमभक्त प्रधानाङ्ग, बुटवल उपमहानगरपालिका वडा नं. ६ का अध्यक्ष लोकनाथ न्यौपाने, समाजसेवी बालकुमारी भण्डारी लगायत डिष्ट्रिक तथा क्लवका पदाधिकारी सदस्यहरुको सहभागिता रहेको थियो ।
क्लवका फष्ट भिपि बालनसिंह कुवँरको संयोजनमा कार्यक्रम भएको थियो । क्लवका सचिव भुवन पन्तको जन्मदिन समेत परेकोले उहाँलाई शुभकामना प्रदान गरिएको थियो ।