नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरेयता शेयर बजार ओरालो बाटोमा छ । चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक भएयता लगातार चौथो दिन पनि सेयर बजार ओरालो लागेको हो ।
साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजार २९.७१ अंकले घटेर २१२६.४८ विन्दुमा आएर रोकिएको छ । नेपाल राष्ट्र बैंकले आइतबार मौद्रिक नीति सार्वजनिक गरेको थियो । त्यस दिन भने शेयर बजार बढेको थियो । त्यसयता भने लगातार घटेर यो साताको कारोबार अन्त्य भएको छ ।
बिहीबार २७१ धितोपत्रको ४४ हजार ६७२ वटा कारोबारबाट ६२ लाख ७१ हजार ७७७ कित्ता सेयर किनबेच भएको छ । बिहीबार २ अर्ब ४२ करोड ५७ लाख ८० हजार ५६४ रुपैयाँ बराबर रकमको कारोवार भएको छ ।