पश्मिाञ्चल पेट्रोलियम डिलर्स एशोसिएसनले आफ्ना सदस्य व्यवसायीलाई अग्नी सुरक्षा तथा आकस्मिक प्रतिक्रिया सम्बन्धी अभिमुखिकरण गरेको छ ।
पेट्राेलियम व्यवसाय अग्नी जाेखिम व्यवसाय भएकाेले दुर्घटना जाेखिम न्यूनिकरणकाे लागि व्यवसायीलाई प्रयाेगात्मक प्रशिक्षण गरिएकाे एशाेसिएसनका अध्यक्ष हिमाल गैरेले बताउनु भयाे ।
कार्यक्रममा नेपाल आयल निगम प्रादेशिक कार्यालय भलवारीका प्रमुख जगदिशचन्द्र यादव, आयल निगमका उपप्रबन्धक अशोक अर्याल, नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशनका केन्दीय सदस्य राजु न्यौपाने सहित निगमका प्राविधिक टोली श्यामलाल खनाल र उमेशजंग रायमाझीले डेमाेस्ट्रेसन गर्नु भएकाे थियाे ।
कार्यक्रम महासचिव हरिराम कसौधनको सञ्चालनमा भएकाे थियाे । कार्यक्रममा डिलर व्यवसायी एवं निगम कर्मचारी समेत गरी ११० जनाको उपस्थित रहेको थियो ।