झनै उज्यालो तिलोत्तमा

128

झनै उज्यालो तिलोत्तमा

रुपन्देहीको तिलोत्तमा नगरपालिका थप उज्यालो भएको छ । मुख्य राजमार्गमा पर्ने नगरपालिकाको दक्षिणी सिमा कोटिहवा चोक, उत्तरी सिमा योगिकुटी चोक र मध्येभाग मणिग्राम चोकमा हाई मास्क लाईट जडान गरिएपछि थप उज्यालो भएको हो ।
पहिलो चरणमा राजमार्गका मुख्य तीन ठाउँमा हाई मास्क लाईट जडान गरिएको र क्रमशः नगरपालिकाका महत्वपूर्ण सार्वजनिक स्थल, पर्यटकीय क्षेत्रहरु र १७ वटै वडामा हाई मास्क लाईट जडान गर्ने योजना रहेको नगरप्रमुख रामकृष्ण खाँणले जानकारी दिनुभयो ।
यस अगाडि नै तिलोत्तमा नगरपालिको मुख्य सडकको डिभाईडरमा ओभरहेड लाईट जडान गरेर सडक उज्यालो बनाएको थियो ।