नेपाल प्रेस युनियन रुपन्देहीमा तीन सदस्यीय सल्लाहकार समिति चयन

34

नेपाल प्रेस युनियन रुपन्देहीमा तीन सदस्यीय सल्लाहकार समिति चयन

नेपाल प्रेस युनियन रुपन्देहीले तीन सदस्यीय सल्लाहकार समिति चयन गरेको छ । युनियन रुपन्देहीको शुक्रबार बुटवलमा बसेको कार्यसमितिको बैठकले युनियन रुपन्देहीका संस्थापक माधव नेपाल, निवर्तमान अध्यक्ष रेखा भुसाल र पूर्व अध्यक्ष विक्रम खड्कालाई सल्लाहकार चयन गरेको हो ।
युनियन रुपन्देहीका अध्यक्ष कविन्द्र नेपालको अध्यक्षतामा बसेको बैठकले सचिवालय पनि गठन गरेको छ । सचिवालयको संयोजकमा अध्यक्ष नेपाल तथा सदस्यहरुमा पदाधिकारी रहनेगरी ९ सदस्यीय सचिवालय गठन गरिएको सचिव कपिल ज्ञवालीले जानकारी गराउनु भयो ।
त्यस्तै नेपाल प्रेस युनियनको केन्द्रीय सदस्यमा मनोनित हुनु भएकोमा युनियन रुपन्देहीकी निवर्तमान अध्यक्ष रेखा भुसाल र नेता विमल ज्ञवालीलाई पनि बधाई ज्ञापन गर्ने निर्णय गरिएको छ ।
त्यसैगरी सञ्चारगृह र पत्रकार विचको अन्तरसम्बन्धका विषयमा अन्तरक्रिया कार्यक्रम गर्ने निर्णय गरिएको छ । त्यसको लागि मिति तय गर्न सचिवालयलाई जिम्मेवारी प्रदान गरिएको सचिव ज्ञवालीले बताउनु भयो ।