अवैध मोवाई सहित एक जना पक्राउ

1.3K

अवैध मोवाई सहित एक जना पक्राउ

भन्सार छलेर ल्याएका मोवाईल सहित प्रहरीले रुपन्देहीको भैरहवाबाट एक जनालाई पक्राउ गरेको छ । अवैध रुपमा भन्सार छलेर चोरी पैठारी गरी लुकाई छिपाई राखेको अवस्थामा प्रहरीले सिद्धार्थ नगरपालिका वडा नं. १३ का ४० वर्षीय विशाल जयसवाललाई पक्राउ गर्नुको साथै ३ लाख ३२ हजार मुल्य बराबरको विभिन्न कम्पनीका ३६ थान मोवाईल र ६ थान पावर बैंक समेत वरामद गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।