काँग्रेसको भातृ संगठन मुस्लिम संघ लुम्बिनीले अगुवा नेता कार्यकर्तालाई प्रशिक्षण गर्ने

88

काँग्रेसको भातृ संगठन मुस्लिम संघ लुम्बिनीले अगुवा नेता कार्यकर्तालाई प्रशिक्षण गर्ने

नेपाली काँग्रेसको भातृ संगठन नेपाल मस्लिम संघले लुम्बिनीमा अगुवा नेता कार्यकर्तालाई प्रशिक्षण गर्ने भएको छ । नेपाल मुस्लिम संघ लुम्बिनी प्रदेश समितिको सोमबार दाङको लमहीमा बसेको प्रथम पूर्ण कार्यसमिति बैठकको प्रदेशका अगुवा नेता कार्यकर्तालाई प्रशिक्षण गर्ने निर्णय गरिएको संघका प्रदेश सभापति जाकिर हुसेनले जानकारी गराउनु भयो ।
दुईदिने प्रशिक्षण कार्यक्रमको मिति भने तय गरिएको छैन । प्रशिक्षणमा सहभागि हुने पार्टीका नेताहरुको समय मिलाएर छिटै मिति तय गरिने पनि उहाँले जानकारी गराउनु भयो । बैठकमा अन्य राजनीतिक तथा समसामयिक विषयमा समेत छलफल भएको थियो ।
उक्त बैठकलाई सम्बोधन गर्दै नेपाली काँग्रेसका लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले नेपाली काँग्रेस सबै जातजाती, भाषाभाषी, धर्म समुदाय तथा संस्कृतिको उत्थानको लागि प्रतिवद्ध रहेको बताउनु भयो । उहाँले आफ्नो अधिकार प्राप्तीको लागि त्यो समुदायबाट पनि पहल हुन आवश्यक रहेको बताउँदै उठान भएका समस्या सम्बोधन गर्न पार्टी तयार रहेको भनाई राख्नुभयो ।