ईनरह्वील क्लब स्थापना भएको सय वर्ष (शताब्दी) पुरा भएको अवसरमा ईरनह्वील क्लब अफ बुटवलले एक सय वृक्षरोपण गरेको छ । ईनरह्वील क्लब स्थापना भएको अवसरमा ईनरव्हिल क्लब अफ बुटवलले तिलोत्तमा नगरपालिका वडा नम्बर १ मा रहेको शंकनगर सामुदायिक बनमा एक सय वटा टिकको बिरुवा रोपिएको क्लबकी सचिव सोनाली गुरुङले जानकारी दिनुभयो ।
क्लब अध्यक्ष सानु श्रेष्ठले पदभार ग्रहण गर्ने कार्यक्रममा एक सय बृक्षरोपण गर्ने कार्यक्रम ल्याउनु भएको थियो । सोही अनुसार यो कार्यक्रम गरिएको उहाँले बताउनु भयो । क्लबले सामाजिक उत्तरदायित्वका कामहरूलाई निरन्तरता दिने पनि अध्यक्ष श्रेष्ठले प्रतिबद्धता व्यक्त गर्नुभयो ।
ईनरह्वील क्लब अफ बुटवलका पूर्व अध्यक्ष लक्ष्मी बस्यालले ईनरह्वीलको इतिहासको बारेमा बताउँदै एक सय दिनमा एक सय भन्दा बढी बिरुवा रोपिनु सकारात्मक कुरा भएको बताउनु भयो । शंकनगर सामुदायिक बन उपभोक्ता समूहका अध्यक्ष अध्यक्ष रवीन्द्र बस्नेतले बृक्षरोपण निकै राम्रो कुरा भएपनि बिरुवाको संरक्षण उत्तिकै चुनौतीपूर्ण रहेको बताउनु भयो । उहाँले समय समयमा आफ्नो क्लबले लगाएका बिरुवा हुर्काउन ध्यान दिन आग्रह गर्नुभयो ।
शंकनगर सामुदायिक बन उपभोक्ता समूह उपाध्यक्ष कमला ज्ञवाली, सदस्य कृष्ण केसी, लगायतले भनाई राख्नुभएको थियो । क्लब अध्यक्ष सानु श्रेष्ठको अध्यक्षता, सचिव सोनाली गुरुङको सञ्चालन तथा गंगा श्रेष्ठको संयोजनमा सम्पन्न भएको थियो । कार्यक्रम उपभोक्ता समितिका पदाधिकारी सदस्य, क्लबका सदस्यहरूको सहभागिता रहेको थियो ।