ललिता निवास छानविनमा सघाउछु : बाबुराम भट्टराई

1.3K

ललिता निवास छानविनमा सघाउछु : बाबुराम भट्टराई

पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले ललिता निवास जग्गाको निश्पक्ष र सत्यतथ्य छानविन भएमा आफु सहयोग गर्न तयार रहेको बताउनु भएको छ । पूर्वप्रधानमन्त्रीलाई छानविनको दायरामा ल्याउने अदालतको निर्णयले आफु खुशी नै भएको बताउँदै उहाँले आफू प्रधानमन्त्री हुँदा ललिता निवास जग्गामा सानो निर्णय भएको बताउनु भयो ।
पार्टीको प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रममा बुटवल आएका अध्यक्ष भट्टराईले शुक्रबार बुटवलमा पत्रकार सम्मेलन गरेर ललिता निवास लगायतका अरु पनि प्रकरणमा निश्पक्ष र उच्चस्तरीय छानविन हुनु पर्ने बताउनु भयो । ‘आरोपित उच्च पदस्थलाई पनि छानविन गर्ने जुन प्रकृया सुरु भएको छ, त्यसबाट म खुशी नै छु,’ उहाँले भन्नुभयो –‘चर्चामा आएका र सार्वजनिक भएका हरेक प्रकरणको निश्पक्ष र उच्च स्तरीय छानविन हुनुपर्छ भन्ने मेरो पहिला देखिकै माग हो ।’ उहाँले अहिलेसम्मका कतिपय प्रकरण विपक्षीलाई तर्साउने र फसाउने नियतले सत्तापक्षबाटै आउने गरेको भन्दै अहिले पनि त्यस्तो नहुने गरी छानविन गरे त्यसलाई आफुले पूर्ण सहयोग गर्ने बताउनु भयो ।
लाउडा काण्ड, ललिता निवास प्रकरण, क्यान्टोनमेन्ट, अन्य खरिद प्रकरण सबैको छानविन हुनु पर्ने बताउँदै उहाँले भन्नुभयो–‘राष्ट्रपछि, प्रधानमन्त्री वा जस्तो सुकै उच्च तहको संलग्नताको आरोप लागेपनि त्यसको संसदीय छानविन हुनु पर्ने सैद्धान्तिक मान्यता हो ।’ उहाँले संसदीय समिति बचाउने खालका मात्र गठन हुने र त्यसैले अविश्वास समेत बढाउँदै गएको बताउनु भयो ।
ललिता निवास प्रकरण २०४८ सालदेखि तानिदैं आएको विषय भन्दै उहाँले आप्mनो पालामा पनि सानो निर्णय भएको र त्यो आफ्नो व्यक्तिगत विषय नभएको बताउनु भयो । उहाँले भन्नुभयो–उहाँले ‘मन्त्रीपरिषदको निर्णय हो, तै पनि मलाई छानविन गर्दा उच्च स्तरीय छानविन हुन्छ र सबै उच्च पदस्थलाई छानविनको दायरामा ल्याउन सजिलो हुन्छ भने म खुशीसाथ सहयोग गर्न तयार छु ।’
अहिले भईरहेको सुन छानविन प्रकरणमा उनले सत्ताका कार्यकारीणी नै संलग्न भएको आशंका बढेको भन्दै त्यसको पनि सही छानविन हुनु जरुरी रहेको बताउनु भयो । सुन प्रकरणको छानविन सरकारले चाहेर भन्दा पनि प्रकारान्तरले आएको बताउँदै उहाँले भन्नुभयो–‘सुन प्रकरण सरकारले रोक्न पनि नसकेको र छानविन गर्न पनि नसक्ने अवस्थामा बाहिर आएको छ ।