लुम्बिनीमा विपद् सम्बन्धि तालिम : प्रतिकार्यमा जुट्न नगरप्रमुख मुसलमानको आग्रह

1.3K

लुम्बिनीमा विपद् सम्बन्धि तालिम : प्रतिकार्यमा जुट्न नगरप्रमुख मुसलमानको आग्रह

रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकामा विपद् जोखिम न्यनिकरण तथा जलवायु परिर्वतन सम्बन्धी तालिम गरिएको छ । विकास तथा प्रकोप व्यवस्थापन केन्द्र नेपालको आयोजनामा भएको ३ दिने तालिममा बोल्दै लुम्बिनी साँस्कृतिक नगरपालिकाका नगरप्रमुख सजरुद्धीन मुसलमानले विपद् जतिबेला पनि आउन सक्ने भएकाले यसको पुर्वतयारी गर्नुपर्ने बताउनु भयो ।
सामान्यता बाढि, आगलागी, पहिरो, भुकम्प आदि आदिबाट बच्नका लागी सावधानी अपनाउने र घटना घटिहालेमा उद्धारका लागि तयार अवस्थामा बस्नुपर्ने कुरामा नगरप्रमुख मुसलमानले जोड दिनुभयो । विपद्ले भय निम्ताउने बताउँदै यसको रोकथाम र उद्धारका लागी प्रतिकार्य तालिमले महत्वपुर्ण भुमिका खेल्ने बताउनुभयो ।
विपद्ले मानवीय तथा भौतिक क्षति भैरहेको समाचार अखवरमा आईरहेको बताउँदै लुम्बिनीमा जोखिम हुनबाट बच्नका लागी प्रतिकार्य सचेतनामुलक तालिमले महत्वपुर्ण भुमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । विपद् परेको बेला उद्धारका लागि नेपाल प्रहरी तथा सशस्त्र प्रहरीलाई उद्धार सामाग्री समेत प्रदान गर्दै आएको र यो तालिमबाट सिकेका कुरालाई व्यवहारमा उतार्न पनि उहाँले आग्रह गर्नुभयो ।