रोट्रयाक्ट क्लब अफ तिलोत्तमा देवदहको नव निर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण गरिएको छ । वर्ष २०२२/२३ का अध्यक्ष मनिलाल तिवारीको कार्यसमितिले वर्ष २०२३/२४ का अध्यक्ष बिक्रम भुसालको कार्यसमितिलाई पद हस्तान्तरण गरेको हो ।
कार्यक्रममा रोट्रयाक्ट डिष्ट्रिक ३२९२ नेपाल भुटानका डि आर आर रोशन कार्कीले क्लबले गरेका सामाजिक क्रियाकलापले देवदहमा रोट्रयाक्टको पहिचान स्थापित गराएको र रोट्रयाक्टको साख पनि बढाएको बताउनु भयो ।
त्यस अवसरमा देवदह नगरपालिका वडा नं ५ का अध्यक्ष तथा नगरपालिकाका प्रवक्ता गणेश डुम्रेले क्लबले गरेका हरेक कार्यक्रम सह्रानीय रहेको बताउँदै यसले समाज रुपान्तरणमा युवाको बलियो सहभागिता देखाएको उल्लेख गर्नुभयो ।
पदभार ग्रहण गर्दै नवनिर्वाचित अध्यक्ष भुसालले क्लवले सञ्चालन गरेका कार्यक्रमलाई निरन्तरता दिने र नयाँ कार्यक्रमको योजना समेत प्रस्तुत गर्नुभएको थियो । त्यस्तै निवर्तमान अधयक्ष तिवारीले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा क्लवका सदस्यहरुलाई विधागत रुपमा सम्मान गरिएको थियो ।
क्लवको वर्ष २३÷२४ को प्रथम उपाध्यक्षमा सन्दिप पौडेल, उपाध्यक्षहरू विजय अंगाई, प्रविन गौडेल, सचिवमा ललिता घिमिरे, सह–सचिवमा प्रीति यादव, कोषाध्यक्षमा आशिष न्यौपाने, सह–कोषाध्क्षमा गिता ढकाल रहनु भएको छ ।
कार्यक्रम प्रथम उपाध्यक्ष सन्दिप पौडेलको स्वागत, कार्यक्रम संयोजक पार्वती आर्यालको धन्यवाद तथा प्रविण गौडेल र ललिता घिमिरेको सञ्चालनमा भएको थियो ।