एमालेले तोक्यो प्रदेश अधिवेशनको मिति

1.3K

एमालेले तोक्यो प्रदेश अधिवेशनको मिति

नेकपा एमालेले प्रदेशको अधिवेशन गर्न मिति तय गरेको छ । एमालेको सोमबार बसेको पार्टी सचिवालय बैठकले उपत्यका सहित ८ वटै प्रदेशको असोज भित्रै सक्नेगरी प्रदेश अधिवेशनको मिति तय गरेको हो ।
जस अनुसार भदौ १६ र १७ गते लुम्बिनी, असोज ५ र ६ गते मधेश, ८ र ९ गते बागमती, १० र ११ गते कर्णाली, १२ र १३ गते कोशी, १५ र १६ गते गण्डकी १९ र २० गते उपत्यका विशेष र असोजको २१ र २२ गते सुदूरपश्चिम प्रदेशको अधिवेशन तोकिएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी गराउनु भएको छ । प्रदेश अधिवेशनको लागि प्रतिनीधि भने पालिकास्तरबाट चयन गरिने छ । उहाँका अनुसार अधिवेशनमा एक तिहाई युवा सहभागिता गराईने छ ।