रुपन्देहीको कञ्चन गाउँपालिकामा साना याेजना वडाबाटै सम्पादन हुने भएकाे छ । कञ्चन गाउपालिकाकाे मंगलवार सम्पन्न भएको कार्यपालिका बैठकले साना साना कामका लागि गाउँपालिका धाउनु पर्ने बाध्यताको अन्त्य गर्न एक लाखसम्मका योजनाहरु वडा तहबाटै कार्यसम्पादन गरि सम्पन्न गर्ने निर्णय गरिएकाे गाउपालिका अध्यक्ष नवराज ढकालले जानकारी गराउनु भयाे । यसैगरी कार्यपालिका बैठकले असोज मसान्तसम्म व्यवसाय कर तिरेमा पुरानो दुई बर्षको कर र जरिमानामा छुट दिने निर्णय गरिएकाे छ ।
उपभोक्ता समितिबाट हुने कामलाई सहज बनाउन समितिले गर्नुपर्ने माइन्यूट निर्णय र पेस गर्नुपर्ने कागजात तथा निवेदनहरुको फाईल तथा फर्मेट संलग्न गराई योजना सम्झौता पुस्तिका तयार गरी प्रत्येक उपभोक्ता समितिलाई उपलब्ध गराउने निर्णय कार्यपालिका बैठकले गरेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत सागर गौतमले जानकारी दिनुभयो । त्यस्तै बजार अनुगमनलाई तीब्रता दिने पनि निर्णय गरिएको छ । म्याद नाघेका र लेबल नभएका गुणस्तरहीन सामाग्री वेचविखन गर्न नपाउने त्यस्ताे भेटिएमा जफत गरिने छ। त्यसैगरी गाउँपालिकाभित्र व्यवसाय दर्ता र नबिकरणलाई सहज बनाउन टोलटोलमा घुम्ति शिबिर संचालन गर्ने निर्णय गरिएकाे छ ।