मूल्यवृद्धिको विरोधमा बुटवलमा चक्काजाम

15

मूल्यवृद्धिको विरोधमा बुटवलमा चक्काजाम

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा बुटवलमा एक घण्टा चक्काजाम गरिएको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा गरेको मुल्य बृद्धिको विरोध गर्दै एमाले निकट अनेरास्ववियुले बुटवल बहुमुखि क्याम्पस अगाडि एक घण्टासम्म चक्काजाम गरेको हो ।
बिहान ७ देखि ८ बजेसम्म गरिएको चक्काजामका क्रममा विद्यार्थीले सरकार विरुद्ध नारावाजी समेत गरेका थिए । नेपाल आयल निगमले हिजो रातीदेखि लागुहुने गरी पेट्रोल, डिलज र मटितेलमा मुल्यबृद्धि गरेको छ । निगमले पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ तथा डिजेल र मटितेलमा प्रतिलिटिर १४ रुपैयाँको दरले मूल्यवृद्धि गरेको हो ।