टाइगर प्यालेस नयाँ व्यवस्थापनमा : कात्तिकदेखि पूर्ण सञ्चालनमा आउने

1.3K

टाइगर प्यालेस नयाँ व्यवस्थापनमा : कात्तिकदेखि पूर्ण सञ्चालनमा आउने

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा रहेको टाइगर प्यालेस रिसोर्ट अबकाे दुई महिनामा (कात्तिकदेखि) पूर्ण रुपमा सञ्चालनमा आउने भएकाे छ ।
प्रत्यक्ष वैदेशिक लगानीमा सञ्चालन भएको यो रिसोर्ट परियोजना बन्द हुने अवस्थामा पुगेपछि गैर आवासीय नेपालीहरुले अष्ट्रेलियन कम्पनीको सिल्भर हेरिटेज लिमिटेडमा भएको सबै शेयर हिमालयन टाइगर इन्भेष्टमेन्ट इंकले खरिद गरी नयाँ व्यवस्थापनमा सञ्चालनकाे तयारी गरेकाे हाे ।
नयाँ व्यवस्थापनले शुक्रबार तिलाेत्तमा स्थित टाइगर प्यालेसमा पत्रकार सम्मेलन गरी त्यस विषयमा जानकारी गराएकाे हाे । अमेरीकामा रहेको हिमालयन टाइगर इन्भेष्टमेन्ट इन्कमा व्याबसायीक र पेशागत रुपमा स्थापित बुद्धीसागर सुबेदी, दिपक गौतम, कुल आचार्य, देब भुषाल, रामजी मरासिनी लगायतको लगानी रहेको अध्यक्ष बुद्धिसागर सुवेदीले जानकारी गराउनु भयाे ।
‘टाइगर प्यालेसमा रहेको अष्ट्रेलियन कम्पनीको सिल्भर हेरिटेज लिमिटेडमा भएको सबै सेयर स्वामित्व हामी गैरआवासीय नेपालीहरूले संयुक्त राज्य अमेरिकामा स्थापना गरेको हिमालयन टाइगर इन्भेष्टमेन्ट इंकले खरिद गरेको छ ।’ सुवेदीले भन्नुभयाे-‘अब टाइगर प्लालेसमा सिल्भर हेरिटेज लिमिटेडको नामामा भएको अष्ट्रेलियन कम्पनीको सबै सेयर स्वामित्व पनि हिमालयन टाइगरमा हस्तान्तरण भएकाे छ ।’ उहाँका अनुसार १५ मिलियन अमेरिकी डलरमा काराेवार भएकाे र यसलाई फुलफेजमा सञ्चालन गर्दा अझै सरदर ४ अर्व लाग्ने पनि उहाँले बताउनु भयाे ।
गैरआवासीय नेपालीहरूले अमेरिकामा खडा गरिएको लगानी कम्पनीमार्फत अष्ट्रेलियन कम्पनीको सेयर खरिद गरेको भए पनि यस कारोबारबाट नेपालमा कुनै करको दायित्व सृजना भएमा प्रचलित कानून बमोजिम लाग्न सक्ने कर राजस्वको दायित्व कानूनले दिएको म्यादभित्र फर्हयाैट गर्ने र सफल रुपमा सञ्चालन गर्न सकिने सञ्चालक दिपक दत्त गाैतमले बताउनु भयाे ।
पुरानाे अष्ट्रेलियन कम्पनीले यो रिसोर्ट सञ्चालन गर्न तथा क्यासिनो व्यवसाय गर्ने सिलसिलामा नेपालमा करिब ५ अर्व रुपैयाँ लगानी गरेको थियो । रिसोर्ट र यस कम्पनी माताहतमा सञ्चालित क्यासिनोहरुमा करिब एक हजार जना नेपालीले प्रत्यक्ष रोजगारी पाएका थिए र यसले नेपाल सरकारलाई करोडौं रुपैयाँ राजस्व समेत तिर्दै आएको थियो । कोभिङ महामारी र रिसोर्ट सञ्चालनको क्रममा देखिएको आन्तरिक विवादको कारण केही वर्षदेखि रिसोर्ट पूर्णरुपमा सञ्चालन हुन सकेको थिएन र यो रिसोर्टले करोडौं रुपैयाँ घाटा व्यहोर्दै आएको थियो ।