नेकपा एमाले प्रतिनीधि सभाका सचेतक महेश वर्ताैलाले सरकारले प्रतिपक्षकाे कुनै कुरा नसुनेका कारण संसद अवराेध गर्न परेकाे बताउनु भएकाे छ । उहाँले नेपाललाई सुन तस्करीकाे ट्रान्जक्ट पाेईन्ट बनाउने काममा सरकारबाटै सहयाेग भएकाे बताउदै त्यसकाे छानविन गर्न उच्च स्तरीय समिति बनाइनु पर्ने बताउनु भयाे ।
प्रेस चाैतारी नेपाल रुपन्देहीले शनिबार बुटवलमा आयाेजना गरेकाे पत्रकार सम्मेलनमा बाेल्दै उहाँले प्रतिपक्षकाे कुरै नसुन्ने सरकारकाे सान्दर्भिकता पनि सकिएकाे भनाई राख्नुभयाे । सुन तस्करीमा संलग्नलाई बचाउने ध्ययले सरकार अगाडि बढेकाे आराेप लगाउँदै त्यसकाे लागि उच्चस्तरीय छानविन समिति गठन हुनु पर्ने बताउनु भयाे ।
सिआईबि, प्रहरीबाट याे छानविन सम्भव नभएकाे पनि उहाँकाे भनाई छ । उहाँले सरकारले संसदलाई विजनेश दिन नसकेकाे पनि आराेप लगाउनु भयाे ।