नेपाल कुरियर सेवा संघ लुम्बिनीको अध्यक्षमा दिपेन्द्र अर्याल निर्वाचित हुनु भएको छ । संघको प्रदेश अधिवेशनबाट सर्वसम्मत ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो ।
नवनिर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा श्रीधर पोखरेल, उपाध्यक्ष भेषबहादुर थापा, सचिव ओमश थापा कोषाध्यक्ष जनक पन्थ र सदस्यहरु नवराज वन्जाडे, लक्ष्मण भण्डारी, हिरालाल भण्डारी, सन्तोष हरिजन, वालगोविन्द चौधरी, शेरबहादुर शाही रहनु भएको छ ।
कार्यक्रममा बोल्दै नेपाल कुरियर सेवा संघ नेपालका केन्द्रीय अध्यक्ष देवेन्द्र खड्काले कुरियर सेवालाई पनि समयसापेक्ष रुपमा परिस्कृत गर्दै लैजानुपर्ने भनाई राख्नुभयो । उहाँले व्यवसायीलाई डिजिटल अवधारणामा जान र मर्यादित रुपमा स्वच्छ प्रतिस्पर्धा गर्न पनि आग्रह गर्नुभयो ।