रोटरी क्लव अफ तिलोत्तमा रुपन्देहीमा दोस्रो क्लव एसेम्ब्ली गरिएको छ । शनिबार क्लवको नियमित ५९० औं बैठक तथा क्लवको दोस्रो एसेम्ब्ली गरिएको हो ।
कलवका अध्यक्ष निरज श्रेष्ठको अध्यक्षता तथा एसाईन्ड एजी कृष्णबहादुर रावलको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा क्लवका पाँचवटै कमिटि चियरले यो वर्षमा अहिलेसम्म भएका कार्यहरुको प्रगति र आगामी दिनमा गर्ने कार्यहरुको बारेमा जानकारी गराउनु भएको थियो ।
त्यस अवसरमा एसाइन्ड एजी रावलले सुझाव सहित कमिटिका चियरहरुलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो । त्यसै अवसरमा क्लवका नयाँ सदस्य बसन्त श्रेष्ठलाई पिन हस्तान्तरण सहित स्वागत गरिएको छ ।
कार्यक्रममा क्लवका पूर्व अध्यक्ष नविन श्रेष्ठ, उपाध्यक्ष निराजन पोखरेल, देवीलाल भट्टराई, दीपक भट्टराई, सचिव शंकर पाण्डेले भनाई राख्नुभएको थियो ।