काठमाण्डौबाट पोखरा जाँदै गरेको यात्रुवहाक बस त्रिसुलीमा खस्दा आठ जनाको मृत्यु भएको छ । काठमाडौंबाट पोखरा जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस बुधबार बिहान सवा ११ बजेको समयमा धादिङको गजुरी २ मा पनेृ चालिसे भन्ने ठाउँबाट त्रिसुलीमा खसेको हो ।
उक्त दुर्घटनामा परी ६ जना पुरुष र २ जना महिला सहित आठ जनाको मृत्यु भएको र थप आठ जना घाईते भएको प्रहरीले जानकारी गराएको छ । घटनास्थलबाट उद्धार गरिएका १६ जना मध्ये ८ जनाको मृत्यु भईसकेको र बाँकी घाईते आठ जनालाई उपचारको लागि स्थानीय अस्पतालमा लगिएको छ ।
घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली उद्धारमा खटिएका छन् ।