औषधि व्यवसायी गंगा ढकाल सम्पर्क विहिन : नारायणीमा हाम फालेको आशंका

341

औषधि व्यवसायी गंगा ढकाल सम्पर्क विहिन : नारायणीमा हाम फालेको आशंका

गएको शनिबार देखि सम्पर्क विहिन भएका बुटवलका औषधि व्यवसायी गंगा ढकाल नारायणीमा हाम फालेको आशंका गरिएको छ । घर परिवारलाई ‘अव मलाई नखोज्नु’ भन्ने सन्देश पठाएर ढकाल आईतबार साँझदेखि सम्पर्क विहिन हुनु भएको हो ।
बुटवलको मैत्रीपथमा औषधि पसल (ओखती घर) सञ्चालन गर्नुभएका ढकाल शनिबार घरबाट निस्किनु भएको थियो । नारायणगढबाट कुरियर गरे आफूले लगायका कपडा सहित अब मलाई नखोज्नु भन्ने सन्देश परिवारलाई पठाएको र छोरालाई अपरिचित नम्बरबाट फोन आएपनि कुरा हुन नपाएको बुझिएको छ ।
बुटवलबाट जाँदा आफूले प्रयोग गर्ने मोवाईल र लगाएको घडी समेत घरमै छोडेर सम्पर्क विहिन भएपछि परिवारले प्रहरीमा खवर गरेका थिए । प्रहरीका अनुसार सिसिटिभि फूटेजमा आईतबार साँझ नारायणी नदि नजिकै बाटोमा हिडेको देखिएको थियो । त्यसै समयमा नारायणी नदिको पूलबाट एक जनाले हाम फालेको सूचना पनि गैडाकोट प्रहरीमा पुगेको थियो ।
उक्त सिसिटिभि फुटेजमा ढकाल खाली खुट्टा नारायणगढतर्फबाट गैडाकोट तर्फ गएको देखिएको छ । तर गैडाकोट पुगेको नदेखिएकाले नदिमा हाम फाल्ने व्यक्ति ढकाल नै होकी भन्ने आशंका गरिएको छ ।
नारायणी नदि नजिकै देखिएको समय र कुनै व्यक्तिले नारायणीमा हाम फालेको भन्ने सूचना प्राप्त भएको समय मिलेकाले उहाँले नै हो की भन्ने आशंकालाई थप बलियो बनाएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख, प्रहरी उपरीक्षक रामेश्वर कार्की बताउनु हुन्छ । उहाँका अनुसार त्यसका आधारमा सुरुदेखि नै नारायणी नदिलाई सेन्टर बनाएर सम्भावित ठाउँहरुमा खोजी कार्य भईरहेको छ ।