अब स्थायी पत्रकारको प्रेस प्रतिनीधि प्रमाणपत्रको अवधि तीन वर्षको हुने भएको छ । सूचना तथा प्रसारण विभागले सञ्चार प्रतिष्ठानमा कार्यरत स्थायी पत्रकारलाई तीन वर्ष अवधिको प्रेस प्रतिनिधि प्रमाणपत्र दिने निर्णय लिएको हो ।
यसअघि एक वर्षका लागि मात्र दिईदै आएको आएको थियो । अब भने स्थायी र स्वतन्त्र पत्रकारहरुलाई ३ वर्षको दिइने विभागले जनाएको छ । अस्थायी पत्रकारलाई भने एक वर्षको मात्रै दिईने छ । एक वर्षको मात्र प्रेस प्रतिनिधि प्रमाणपत्र दिँदा राजधानीभन्दा बाहिरका पत्रकारलाई समस्या भएको औंल्याउँदै विभागले यो निर्णय गरेको हो ।
छापाखाना र प्रकाशनसम्बन्धी नियमावली २०४९ को ११(१)मा प्रमाणपत्रको अवधि तीन वर्षको हुने उल्लेख छ । तर अभ्यासमा भने एक वर्षमै नवीकरण गर्ने प्रचलन रहेकाले त्यसमा सुधार गरेर नियवालीअनुसार तीन आर्थिक वर्ष नै अवधि बनाउने निर्णयमा विभाग पुगेको हो ।