बुटवलको कालिकानगरमा सञ्चालनमा रहेको द लाईफ हाउस स्पाको कालिकानगरमै नयाँ शाखा सञ्चालनमा आएको छ । बुटवल ११ कालिकानगरमा सञ्चालनमा रहेको उक्त स्पाले वडा नं. ९ कालिकानगर जागरण चोकमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।
उक्त नयाँ शाखाको बिहिबार बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्जवलप्रसाद कसजूले रिवन काटेर शुभारम्भ गर्नुभएको हो । त्यस अवसरमा संघका अध्यक्ष कसजूले व्यवसायिक सफलताको शुभकामना व्यक्त गर्नुभयो ।
स्पाका सञ्चालक दिपक श्रेष्ठका अनुसार दुबै स्पामा अहिलेसम्म करिव १ करोड रुपैंया लगानी भएको र १८ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । स्पामा तालिम प्राप्त जनशक्तिबाट सेवा प्रदान गरिने र एउटा स्पामा दैनिक सरदर ३० जनालाई सेवा दिन सकिने उहाँले जानकारी गराउनु भयो ।