रोटरी बुटवल र इनरह्वील तिलोत्तमाद्वारा त्रिवेणी धाममा सहयोग

1.3K

रोटरी बुटवल र इनरह्वील तिलोत्तमाद्वारा त्रिवेणी धाममा सहयोग

रोटरी क्लव अफ बुटवल र इनरह्वील क्लव अफ तिलोत्तमाले नवलपरासीको त्रिवेणी धाममा ब्लाङ्केट, तन्ना तथा पिफर्म लगायतका सामाग्रि प्रदान गरेका छन् । सामाजिक सेवामा क्रियाशिल रोटरी क्लव अफ बुटवल र इनरह्वील क्लव अफ तिलोत्तमाले संयुक्त रुपमा नवलपरासीको त्रिवेणी धाममा रहेको भगवान श्री राधाकृष्ण मन्दिरको आश्रममा उक्त सामाग्रि हस्तान्तरण गरिएको हो ।
त्यस अवसरमा त्रिवेणी धामको बारेमा जानकारी गराउँदै मन्दिर निम्र्वाक उत्तराधिकारी ध्रुवशरण ढुंगानाले मन्दिरमा आई सहयोग गरेकामा दुबै क्लवलाई धन्यवाद ज्ञापन गर्नुभयो । त्यस्तै रोटरी क्लव अफ बुटवलका अध्यक्ष करुण खनालले मन्दिरमा आवश्यताको आधारमा दुईवटा क्लव मिलेर सहयोग प्रदान गरिएको बताउनु भयो ।
इनरह्वील क्लव अफ तिलोत्तमाकी अध्यक्ष सपना रेग्मी लम्सालले रोटरी क्लवसंग मिलेर कार्यक्रम गर्न पाउँदा आफूलाई धेरै खुसी लागेको बताउनु भयो । त्यस अवसरमा रोटरी क्लव बुटवलका निवर्तमान अध्यक्ष बोनिन पिया, नोमिनी कृष्ण पराजुली, रोट्रयाक्ट क्लब अफ बुटवलका अध्यक्ष अर्जुन खनाल इनरह्वील क्लव अफ तिलोत्तमाकी कोषाध्यक्ष कल्पना पाण्डे लगायतले भनाई राख्नुभएको थियो ।