बुटवलको वेस्टर्न मेगा कलेजमा प्रोफेसनल नाईट कार्यक्रम गरिएको छ । बुटवल उपमहानगरपालिका वडा नं. १५ मा रहेको उक्त कजेलमा अध्ययन गर्ने वि.एच.एम.का विद्यार्थीले प्रोफेसनल नाईट–२०२३ कार्यक्रम गरेका हुन् ।
कार्यक्रममा राष्ट्रिय गायक सत्यराज आचार्य, स्वरुपराज आचार्य तथा वसन्त श्रेष्ठको गायन प्रस्तुती रहेको थियो । त्यस्तै विद्यार्थीले नाटक, संगित, गायन, नृत्य तथा अन्य रचनात्मक कार्यक्रमहरु प्रस्तुत गरेका थिए । होटल व्यवस्थापन अन्तरगतको नाट्य प्रस्तुती कार्यक्रमलाई आकर्षक बनाएको थियो ।
विद्यार्थीलाई इभेन्ट म्यानेजमेन्ट विषयगत प्रयोगात्मक ज्ञानको लागि पाँचौं सेमेस्टरका विद्यार्थीको संयोजकतामा कार्यक्रम गरिएको थियो । विद्यार्थीलाई अध्ययनसंगै विद्यागत रुपमा अतिरिक्त कार्यक्रम सञ्चालन गर्दै आएको र यसले विद्यार्थीलाई व्यवहारिक ज्ञान अभिबृद्धि हुने कलेजका प्राचार्य अधिवक्ता किसु शर्माले बताउनु भयो । कलेजका शिक्षक अतिरिक्त क्रियाकलाप प्रमुख सौगात लामिछानेको संयोजकत्वमा कार्यक्रम भएको थियो ।
