नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले स्थानीय तथा संसदको निर्वाचनमा एमाले भित्रैबाट अन्तरघात भएको बताउँदै त्यस्ता व्यक्तिलाई किनारा लगाउनु पर्ने बताउनु भएको छ ।
एमाले लुम्बिनीको प्रथम प्रदेश अधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै उपाध्यक्ष पौडेलले निर्वाचनमा एमालेभित्रैबाट अन्तरघात भएको बताउँदै अधिवेशनमा त्यसको हेक्का राख्न कार्यकर्तालाई आग्रह गर्नुभयो ।
अधिवेशनमा निर्णय गर्ने प्रतिनिधिहरूमा सर्वोच्चता रहेको बताउँदै यो अधिवेशनलाई एकताको अधिवेशन हुने पनि बताउनु भयो । उहाँले महासचिव शंकर पोखरेल र आफ्नो विषयमा नेतृत्वलाई लिएर आएका समाचारमा नअलमलिन पनि उहाँले कार्यकर्तालाई आग्रह गर्नुभयो ।